२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

खण्डहर तातोपानी नाका गुलजार बन्दै

११ जेष्ठ २०७६, शनिबार १२:१५

रमेश लम्साल, जेठ ११, तातोपानी (सिन्धुपाल्चोक) । विसं २०७२ को ‘गोरखा भूकम्प’का कारण बन्द भएको तातोपानी नाका सञ्चालनमा आउने भएपछि स्थानीयवासी असाध्यै खुसी भएका छन् । देशको अर्थतन्त्रको प्रमुख मेरुदण्डका रुपमा समेत रहेको उत्तरी छिमेकी देश चीन जोड्ने उक्त नाका यही जेठ १७ गतेदेखि सञ्चालनमा आउँदैछ । 

नाका सञ्चालन हुने खबर सुनेपछि स्थानीय छिरिङ शेर्पाले भन्नुभयो, “हामीले त नयाँ जीवन प्राप्त गरेको जस्तो लागेको छ ।” भूकम्पपछि खण्डहर बनेका तातोपानी, लिपिङ बजारलगायतका क्षेत्र यतिखेर क्रमशः गुलजार बन्दै गएका छन् । भत्किएका घर र संरचनालाई मर्मत सम्भार गर्दै स्थानीयवासी नाका खुल्ने खबरसँगै उत्साहित मात्रै भएका छैनन्, आर्थिक उन्नयन हुनेमा आशावादी देखिएका छन् । 

भोटेकोशी गाउँपालिकाका स्थानीयवासी मिङ्मा शेर्पा भन्नुहुन्छ, “नेपाल सरकारको ठूलो प्रयासपछि नाका सञ्चालनमा आउन लाग्नु हामी सबैका लागि खुसी र उत्साहको कुरा हो ।” स्थानीयवासीमा उत्साह भर्न गृहमन्त्री रामबहादुर थापा, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का स्थायी समिति सदस्य एवं सिन्धुपाल्चोकका सांसद अग्निप्रसाद सापकोटालगायतले आज तातोपानी नाका र कोदारी राजमार्गको स्थलगत निरीक्षण गर्नुभएको छ । 

यस्तै नेपाल इन्टरमोडेल यातायात विकास समितिले निर्माण गरेको सुक्खा बन्दरगाहको समेत उहाँहरुे निरीक्षण गर्नुभयो । निरीक्षणपछि गृहमन्त्री थापाले भन्नुभयो, “देशको अर्थतन्त्रमा ठूलो प्रभाव पार्ने यो नाका सञ्चालनमा आउन लागेको छ, नेपाल सरकारले शान्ति सुरक्षाको सबै प्रबन्ध गरेको छ, ‘एक चीन नीति’ विरुद्ध हुने सबै प्रकारका गतिविधि पूर्णरुपमा बन्देज गर्दै नाकालाई थप व्यवस्थित बनाउँछौँ ।”

नाका खुल्ने भएसँगै पर्यटन, आर्थिक प्रवद्र्धन र दुई देशको सम्बन्धलाई समेत नयाँ उचाइमा लगेको स्मरण गर्दैै उहाँले नाका आसपासका स्थानीयवासीले थप व्यवस्थित बनाउन सहयोग गर्नुपर्नेमा जोड दिनुभयो । सांसद सापकोटाले ठूलो मेहनत र प्रयासबाट नाका सञ्चालनमा आउन लागेकाले कुनै पनि प्रकारको कमजोरी हुुन नदिन सबैले ध्यान दिनुपर्ने बताउनुभयो । 

नेकपाका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ प्रधानमन्त्री भएका बेला गर्नुभएको सार्थक प्रयासका कारण नाका खुल्ने अवस्थामा आइपुगेको स्मरण गर्दै उहाँले भन्नुभयो, “यतिखेर परीक्षणका रुपमा नाका खुल्दैछ, अवाञ्छित गतिविधि नियन्त्रणका लागि सबैको साथ र सहयोग जरुरी छ, नेपाल सरकार, स्थानीय सरकार र नागरिकले आपसी हित र चासोलाई सम्बोधन गर्नुपर्छ ।”

भोटेकोशी गाउँपालिकका अध्यक्ष राजकुमार पौडेलले स्थानीय सरकारका तर्फबाट नाका व्यवस्थित गर्न सबै प्रकारका सहयोग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । अध्यागमन विभागका महानिर्देशक इश्वरीराज पौडेलले भूकम्पपछि करीब बन्द अवस्थामा रहेको अध्यागमन कार्यालय स्थापना भइसकेको जानकारी दिनुभयो । उहाँले कार्यालयलाई थप व्यवस्थित बनाउने प्रयास भइरहेको बताउनुभयो । 

भन्सार विभागका निर्देशक शिव भण्डारीले भन्सार कार्यालयलाई सञ्चालनमा ल्याउन प्राविधिक तयारी भइरहेको र नाका खुल्नु अगावै सञ्चालनमा ल्याइने बताउनुभयो । भूकम्पका कारण तातोपानीमा रहेका सम्पूर्ण संरचनामा क्षति पुगेपछि नाका बन्द रहेको थियो । नाकामा आवश्यक सबै संचरना निर्माण भइसकेका छन् । अध्यागमन कार्यालय, भन्सार कार्यालय र सुरक्षा निकायका कार्यालय खडा भइसकेका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य