Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>&nbsp;जेठ&nbsp;&nbsp;१२, दुल्लु&nbsp;&nbsp;। </b>दैलेखमा धारिलो हतियार प्रयोग गरी एक युवकको हत्या गरिएको छ । जिल्ला प्रहरी कार्यालय दैलेखका अनुुसार भैरवी गाउँपालिका–६ कुटीमा युवकको हत्या भएको हो । महाबु गाउँपालिका–५ का २५ वर्षीय युवक गोविन्दबहादुर सिंहको हत्या भएको जिल्ला प्रहरी कार्यालय दैलेखका प्रहरी निरीक्षक प्रेमबहादुर क्षेत्रीले बताउनुभयो । सिंहको शनिबार राति ११ बजेतिर हत्या भएको प्रहरीले जनाएको छ ।</p><p>&nbsp;हत्या कसले र किन ग¥यो भन्नेबारे खुल्न नसकेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो । घटनामा संलग्नहरुको पहिचान खुल्न नसकेको प्रहरीले जनाएको छ । सिंहको राति सुतिरहेको अवस्थामा अज्ञात समूहले धारिलो हतियार प्रयोग गरी हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको प्रहरी निरीक्षक क्षेत्रीले बताउनुभयो । रासस</p>