2026-09-18 11:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

सङ्खुवासभा - SKW

करेन्ट लागेर एक जनाको मृत्यु

जेठ १४ खाँदबारी । सङ्खुवासभा–सीमावर्ती चीनको देन्दाङ शहरमा करेन्ट लागेर एकको मृत्यु भएको छ । मृत्यु हुनेमा मकालु गाउँपालिका–२ का अमरबहादुर खुम्बू रहेको प्रहरी निरीक्षक सन्तोष राईले जानकारी दिनुभयो । 

खुम्बू चीन सरकारले निर्माण गर्दै गरेको नयाँ निकुञ्ज भवनमा काम गर्ने क्रममा करेन्ट लागेर उहाँ घाइते हुनुभएको थियो । खुम्बूलाई उपचारका लागि खाँदबारी ल्याउने क्रममा भोटखोला गाउँपालिका–१ मा आइपुग्दा आइतबार मृत्यु भएको प्रहरीले जनाएको छ । उनको खुम्बूको शवपरीक्षणका लागि हेलिकोप्टरबाट सोमबार जिल्ला अस्पताल खाँदबारी ल्याइएको छ । 

उहाँको मृत्यु शङ्कास्पद भएको भन्दै निष्पक्ष छानबिन नभएसम्म शव नबुझ्ने परिवारको भनाइ छ । खुम्बूको शरीरमा चोटपटक र नीलडाम देखिएकाले मृत्यु शङ्कास्पद भएको परिवारले जनाएको छ ।  

त्यस्तै चीनको चङ्गा शहरको सडकमा काम गर्न जानुभएका सभापोखरी गाउँपालिकाका–१ का मनिष गिरी घाइते हुनुभएको छ । सडकमा ढलान गर्ने क्रममा त्यहाँ रहेको उपकरणले उहाँको  दाहिने हातको सबै आँैला काटिएको र उपचारका लागि हेलिकोप्टरबाट जिल्ला अस्पताल खाँदबारी ल्याइएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई