२०८३, ५ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

सुर्खेतमा आयुर्वेद शिक्षालय स्थापना गरिने

२०७६, १७ जेष्ठ शुक्रबार १२:३४

जेठ १७ सुर्खेत । कर्णालीका सामाजिक विकासमन्त्री दल रावलले प्रदेश आयुर्वेद अस्पताललाई शिक्षालयका रुपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ । 

वीरेन्द्रनगर–४ स्थित आयुर्वेद औषधालयमा रुरल फार्मेसीको आज उद्घाटन गर्नुहँुदै उहाँले वैकल्पिक चिकित्सा पद्धतिलाई विस्तारका लागि शिक्षालय स्थापना गरिने बताउनुभएको हो । 

मन्त्री रावलले आयुर्वेद क्षेत्रको विकास गर्न कर्णालीका बहुमूल्य जडीबुटीको उपयोग गर्न प्रदेश सरकारले नीति तथा कार्यक्रम ल्याउने बताउनुभयो । ‘कर्णालीमा मानव स्वास्थ्यका लागि उपयोगी अथाह जडीबुटी छन्, ती प्रयोगमा नआएर वर्षौंदेखि खेर गएका छन्,’ उहाँले भन्नुभयो, “सरकारले आयुर्वेद शिक्षालय स्थापना गरेर जडीबुटीको समुचित प्रयोग गर्न सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना गर्नेछ ।” उहाँले आगामी वर्षको नीति तथा कार्यक्रम र बजेटमा जडीबुटी सङ्कलन तथा प्रशोधन केन्द्र र आयुर्वेद अस्पतालको स्तरोन्नति र शिक्षालय स्थापना गर्ने विषय समेट्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

वीरेन्द्रनगरका पूर्व नगरप्रमुख बालाराम शर्माले वैकल्पिक चिकित्सा पद्धतिको विकास तथा विस्तारका लागि प्रदेश र स्थानीय सरकारले आवश्यक कार्यक्रम सञ्चालन गर्नुपर्ने धारणा राख्नुभयो । अस्पतालका पूर्व अध्यक्ष ओमबहादुर बोहराले आयुर्वेद क्षेत्र ओझेलमा परेको भन्दै आश्वासनमा मात्र नभई ठोस् कार्यक्रम ल्याउन प्रदेश सरकारलाई आग्रह गर्नुभयो ।

आयुर्वेद औषधालयका प्रमुख डा शङ्करप्रसाद रिजालले जनशक्ति र भौतिक संरचना अभावले सेवा विस्तार गर्न कठिनाइ भएको गुनासो गर्नुभयो । कर्णालीका साथै सुदूरपश्चिमका अछाम, पाँच ५ नं प्रदेशका बाँके, बर्दिया र दाङ जिल्लाबाट बिरामी आउने जानकारी दिनुभयो । औषधालयले प्रदेश सरकारको सहयोगमा ३२ प्रकारका औषधि निःशुल्क वितरण गर्दै आएको छ । 

–––

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ