२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

विकट ठाउँमा स्वाथ्य सिविर

१७ जेष्ठ २०७६, शुक्रबार १६:२२

रेशमराज रोकाया | जेठ १७, हुम्ला | कर्णाली प्रदेश सरकारको सामाजिक विकास मन्त्रालयको पहलमा पर्यटकको लागि लक्षित गरी स्वास्थ्य सिविर सञ्चालन गर्न लागिएको छ । हुम्लाको उत्तरी नाम्खा गाउँपालिकाको हिल्सा नाकामा यो सिविर सञ्चालन हुन लागेको हो । हिल्सा नेपाल र चीनको सिमा क्षेत्रमा पर्ने गर्दछ । समुद्री सतहबाट करिब ४ हजार मिटर उचाईमा रहेको सो क्षेत्रमा पहिलो पटक स्वास्थ्य विशेषज्ञको टोली खटिएको हो ।

कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानको जनशक्ति र सामाजिक विकास मन्त्रालयको आर्थिक तथा औषधी सामाग्रीको व्यवस्थापन पछि आजैबाट स्वास्थ्य क्याम्प खडा गरिएको सामाजिक विकास मन्त्री दल रावलले बताउनु भयो । मान सरोवर कैलाश जाने पर्यटकलाई उच्च भेगमा लेक लाग्ने, अन्य स्वास्थ्य समस्या आउने भएको कारण कोही कसैले अकालमा ज्यान गुमाउन नपरोस् भन्नका लागि कर्णाली प्रदेश सरकार चनाखो भएर यो व्यवस्था गरेको मन्त्री रावलले बताउनु भयो । पर्यटकको आवागमन भईरहने समय सम्म ५ जनाका स्वास्थ्य विशेषज्ञको समूह हिल्सामा खटाईएको मन्त्री रावलको भनाइ छ । गएको वर्ष १४ जना तिर्थयात्रीले लेक लागेकै कारण ज्यान गुमाउनु परेको अवस्थालाई मध्ये नजर गर्दै यस वर्ष मन्त्रालयले राहत स्वरुप यो कार्यक्रम ल्याएको रावलको भनाई छ ।

मानसरोवर कैलाश यात्रामा निस्कने पर्यटकलाई लेक लाग्ने समस्यालाई ध्यानमा राखी २ जना डाक्टर र २ जना नर्स सहितको समूह हिल्सामा आजबाट सेवा प्रदान गरिरहेको छ । पर्यटकको आवागमन रही रहँदा सम्मको लागि आफुहरुले कुनै समस्या नमानेर सेवा गर्नको लागि आएको डा. सुर्य लिम्बुले बताउनु भयो । समुहमा एक जना सहयोगी सहित रहेको छ । दुर्गममा सेवा गर्नको लागि मानविय सेवाको लागि आफुले यो सेवामा लागेको कारण देशको जुनसुके ठाउँमा नेपाल सरकारले खटाएको छ त्यही ठाउँमा आफ सेवा गर्नको लागि तत्पर भएको कारण पनि आफुलाई कुनै संकट नहुने डा. लिम्बुले बताउनु भयो । अधिकाँश स्वास्थ्यकर्मीले शहर नै रोज्ने हो भने त गाउँ घरमा उपचार नपाएर ज्यान गुमाउनेको संख्या उच्च रहने भएको कारण ग्रामिण बस्तीमा सेवा गर्नुको मज्जा नै बेग्लै हुने अर्का डाक्टर अभिजित मिश्रको रहेको छ । 

हुम्ला र हिल्सा नाकाबाट मानसरोवर कैशाल दर्शन गर्न जाने पर्यटक गत वर्ष १२ हजारको संख्यामा गएको भए पनि यो वर्ष ११ हजारको संख्यामा हिल्सा हुँदै जाने अनुमान गरिएको छ । यसबाट सिमकोट र नाम्खा गाउँपालिकाले हरेक वर्ष ५० लाख भन्दा बढी राजश्व संकलन गर्ने गरेका छन् । यहि महिनामा नै भारतिय पर्यटकबाट ८ लाख राजश्व संकलन भईसकेको छ भने अझै यसको दर बढेर गएको छ । हाल नेपालगञ्ज र सुर्खेत विमानस्थलबाट पर्यटक सिमकोट आर्य हेलिकोप्टरको उडानबाट हिल्सामा उच्च भेगमा यात्रा गर्नु पर्ने भएको कारण लेक लाग्ने अति नै समस्या हुने गरेको छ ।

सिमकोटको विमानस्थलको उचाई २ हजार ९ सयको उचाईबाट ४ हजारको उचाईमा जानु पर्ने, त्यसै गरी १५ सय मिटरको उचाई नेपालगञ्जबाट २ढ सयको सिमकोट विमानस्थलमा आउनु पर्दा अधिकाँश तिर्थयात्रीलाई लेक लाग्ने समस्या हुने गरेको छ ।


माथिको तश्वीरमा: हिल्सामा स्वास्थ्य सिविरको लागि औषधी सहित स्वास्थ्यकर्मीको समूह जान सिमकोट विमानस्थलमा । तश्वीर: रेशमराज रोकाया

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य