२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

खाद्यको चामल कुहियो

१७ जेष्ठ २०७६, शुक्रबार १६:३०

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | नेपाल खाद्य संस्थानले समय अनुकुल चामलको मुल्य समायोजन गर्न नसक्दा संस्थानको शाखा कार्यालय दिक्तेलमा रहेको चामल कुहिएर डिस्पोज गर्नुपर्ने भएको छ । बढ्दो बजार र यातायातको पहुंच गाउँघरमा पुग्दा समेत मुल्य नघट्दा खाद्यको चामल कुहिएर नष्ट भएको हो । त्यहाँको चामल कुहिएर पोकापोका परेको छ ।

आर्थिक वर्ष २०७१/०७२ मा आएको १ सय ६५ क्वीन्टल चामल मध्ये हाल ९ क्वीन्टल ६२ केजी अरुवा जिरा मसिनो चामल डुङडुङती गन्हाएर तत्काल डिस्पोज गर्नुपर्ने अवस्थामा रहेको छ । डुङडुङती गन्हाएर फाल्नुपर्ने अवस्था आईपुग्दा समेत सो गन्हाएको चामलको मुल्य अझै पनि ५० रुपैयाँ केजी छ । बजार मुल्यभन्दा उच्च मुल्यका कारण चामल विक्री नहुंदा खाद्य संस्थानले सर्वदलीय सर्वपक्षीय छलफल गरेर प्रतिकेजी ३५ रुपैयाँ मुल्य बनाउन केन्द्रलाई अनुरोध गरेको थियो । तर, चामलको मुल्य नघट्दा विक्री नभएपछि अन्ततः चामल कुहिएर नष्ट भएको हो । कुहिएको चामललाई यस आर्थिक वर्षको अन्त्यमा भौतिक परिक्षण गरेर डिस्पोज गर्ने प्रक्रियामा लगिने कार्यालय प्रमुख सुनिल कुमार शाहले बताए ।

यस्तै,चालू आर्थिक वर्ष २०७५/०७६ मा खाद्य संस्थानले दिक्तेल संस्थानका लागि १ सय ४६ क्वीन्टल १० केजी जापनीज चामल, ऐंसेलुखर्क डिपोलाई जापनीज १ सय ३६ क्वीन्टल ३० केजी र अरुवा सोना मन्सुली १ सय ७१ केजी र खोटाङबजार डिपोलाई २ सय ४० केजी सोना मन्सुली चामल वितरण गरेको लेखा प्रमुख भानुभक्त चौहानले जानकारी दिए । वितरण गरिएको चामल प्रतिकेजी ४५ रुपैयाँमा विक्री भइरहेको छ । चालू आर्थिक वर्षमा दिक्तेल खाद्य संस्थानबाट २ सय ६४ क्वीन्टल ५० केजी, ऐंसेलुखर्क डिपोबाट १ सय ९८ क्वीन्टल ५० केजी र खोटाङबजार डिपोबाट १ सय ८० क्वीन्टल चामल विक्री भएको लेखा प्रमुख चौहानले जनाए ।

बाक्सिला डिपो सञ्चालनका लागि ज्यालादारी माग गरिएको छ । ज्यालादारी स्वीकृत भएपछि सो डिपो पनि सञ्चालनमा आउनेछ । विकासक्रमसँगै कुनाकन्दरामा साना तथा ठूला सवारी साधनले घरघरमा खाद्यन्न वस्तु पुर्यारहंदा खाद्य संस्थानको चामलको भाउ भने उस्तै छ । बजार मुल्यभन्दा सरकारी चामल महंगो हुंदा चामल कुहिएर नष्ट भइरहेको हो । दिक्तेलबजारमा भन्दा खाद्यको चामल बिकट गाउँघरमा आवश्यक रहेकाले त्यतातिर लैजानुपर्ने सरोकारवालाहरुको भनाई छ ।


माथिको तश्विरमा: खाद्य संस्थानको शाखा कार्यालय दिक्तेलमा कुहिएको चामल । तस्विर: चिसाङ शेर्पा

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य