२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

शिविरबाट सयौं लाभान्वित

१७ जेष्ठ २०७६, शुक्रबार १६:३८

चिसाङ शेर्पा | जेठ १७, खोटाङ | खोटाङको सप्तेश्वर छितापोखरीको पञ्चमी बजारमा विषयगत दुई दिने शिविर सुरु भएको छ । दिप्रुङ चुइचुम्मा गाउँपालिका–५ सप्तेश्वर छितापोखरीको प्रमुख बजार पञ्चमी बजारमा गाउँपालिकाको आयोजनामा शुक्रबारबाट शिविर सुरुवात भएको हो । शिविरको पहिलो दिन विभिन्न विषयगत क्षेत्रका दर्जनौ स्थानीयहरुले सेवा लिएका छन् ।

गाउँपालिकाले प्रत्येक वर्ष गर्दै आएको शिविर अन्तरगत यसवर्षको शिविरको पहिलो दिन स्वास्थ्यतर्फ हाडजोर्नी तथा नशामा १०५, आँखा १३४, वालरोग तथा जनरल फिजिसियन १७६, गाइनो तथा स्त्री रोग ४८, दाँतको ६५ जनागरी ५ सय २८ जनाले उपचार गराएका छन् । अपांग परिचय पत्रतर्फ ‘क’ वर्गमा पाँच महिला, एक पुरुष, ‘ख’ वर्गमा पाँच महिला, दुई पुरुष, ‘ग’ वर्गमा चार महिला दुई पुरुष र ‘घ’ वर्गमा दुई महिला चार पुरुषले अपांग परिचयपत्र पाएका छन् । याम्खाकी मिरा कार्की अधिकारीलाई पहिलो परिचयपत्र वितरण गरिएको गाउँपालिकाले जानकारी दिएको छ । 


यस्तै, छितापोखरीकी ज्येष्ठ नागरिक चन्द्रमाया खड्काले पहिलो ज्येष्ठ नागरिक परिचयपत्र पाएकी छन् । उनलाई गाउँपालिका अध्यक्ष भुपेन्द्र राईले ज्येष्ठ नागरिक परिचयपत्र हस्तान्तरण गरेका थिए । उनीजस्तै अन्य चार जनाले ज्येष्ठ नागरिक परिचयपत्र पाएका छन् । ११० जनाले मतदाता नामावली दर्ता र यो समाचार तयार पार्दासम्म १३५ जनाले नेपाली नागरिकताको प्रमाणपत्र पाएको गाउँपालिकाका आइटी अफिसर मणिचन्द्र राईले बताए ।

शिविरमा जिल्ला प्रशासन कार्यालयले नागरिकता, निर्वाचन कार्यालयले मतदाता नामावली दर्ता, महिला तथा वालवालिका कार्यालयले ज्येष्ठ नागरिक तथा अपांग परिचयपत्र वितरण गरिरहेका छन् । चिकित्सक केदार नर सिं केसीको १३ जना टोलीले स्वास्थ्य उपचार दिइरहेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य