2026-09-12 06:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दैलेख - DLK

दैलेखमा श्रीमती बेच्ने एक व्यक्तिलाई ३८ वर्ष कैद

जेठ १९, दुल्लु । दैलेखमा एक व्यक्तिलाई ३८ वर्ष कैद फैसला गरिएको छ । भैरबी गाउँपालिका–४ भैरीका २१ वर्षीया टेकराज पुरीलाई उक्त कैद फैसला गरिएको हो । आफ्नै श्रीमती र छोरालाई बेचेको आरोपमा पुरीलाई दैलेख जिल्ला अदालतले आज रु तीन लाख ३० हजार जरिवाना, रु एक लाख ६५ हजार क्षतिपूर्ति र ३८ वर्ष छ महीना कैदको फैसला गरेको हो । 

न्यायाधीश सनतचन्द्र लवटको इजलासबाट आज उक्त फैसला सुनाइएको हो । उक्त फैसला मानव बेचबिखनमा २० वर्ष, ओसार–पसारमा १५ वर्ष र कूल सजायको थप १० प्रतिशतले हुन आउने साढे तीन वर्षसमेत ३८ वर्ष छ महीना कैद भएको अदालतका प्रवक्ता विनोद आचार्यले जानकारी दिनुभयो । 

मेघ गर्जनसहित वर्षाको सम्भावना

पश्चिमी वायुको प्रभावले आज काठमाडौँ उपत्यकासहित देशभर आंशिकदेखि सामान्य बदली रही हावाहुरी, मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको जल तथा मौसम पूर्वानसमान महाशाखाले जनाएको छ ।

बङ्गालको खाडीबाट आएको दक्षिण पूर्वी हावाको प्रभाव र प्री मनसुन सक्रिय हुँदा बदलीसँगै वर्षा भइरहेको महाशाखाका मौसमविद् शान्ति कँडेलले बताउनुभयो । उहाँका अनुसार मनसुन शुरु हुन केही दिन मात्र बाँकी छ । अहिलेको यो अवस्था पूर्वमनसुन शुरु हुनुभन्दा केही  दिनअगाडिको गतिविधि रहेको मौसमविद् कँडेलले जानकारी दिनुभयो । 

देशभर पूर्वमनसुन शुरु भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यो क्रम आगामी मङ्गलबारसम्म कायम रहन्छ । एक–दुई दिन मौसम सफा भएपछि फेरि पूर्वमनसुन सक्रिय हुने बताइएको छ । राति देशको अधिकांश स्थानमा आंशिकदेखि सामान्य बदली रही पूर्वी भू–भागका केही स्थानमा मेघ गर्जनसहित वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

सोमबार देशभर आंशिक बदली रही देशको पूर्वी भू–भागको केही स्थानमा र मध्यपूर्वी भू–भागका एक दुई स्थानमा मेघ गर्जन तथा हावाहुरीसहित वर्षाको सम्भावना रहेको बताइएको छ । सोमबार देशभर आंशिक बदली भई पश्चिमी पहाडी भू–भागका केही स्थानमा र मध्यपूर्वी भू–भागका एक÷दुई स्थानमा मध्यम वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

महाशाखाको पछिल्लो विवरणअनुसार आवाज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम १७  दशमलव ४ डिग्री र अधिकमत तापक्रम ३० दशमलव २ डिग्री सेल्सियस रहेको छ । त्यस्तै आज सबैभन्दा धेरै नेपालगञ्जको अधिकतम तापक्रम ३९ दशमलव ७ डिग्री सेल्सियस रहेको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ विज्ञ र विदेशी प्राविधिक समयमै परिचालन गरेको भए अझ धेरैको ज्यान बच्थ्यो : प्रचण्ड प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने अब विदेश भ्रमणको विवरण नागरिक एपबाटै प्राप्त गर्न सकिने चिलिमे टनेलमा उद्धार टोली प्रवेशको तयारी अर्थसचिवले राष्ट्र बैंकमा अनावश्यक हस्तक्षेप गर्ने भन्ने हुँदैन : अर्थमन्त्री वाग्ले निजी क्षेत्रलाई तर्साउने काम बन्द गर्नुहोस् : वर्षमान पुन