२०८३, १३ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

अवैधरूपमा सञ्चालित क्रसर उद्योग बन्द

२०७६, २० जेष्ठ सोमबार ०८:३३

जेठ २०, चितवन । अनुमतिबिना सञ्चालन हुँदै आएको एउटा क्रसर उद्योग स्थानीय प्रशासनले बन्द गराउनाका साथै दुई जनालाई नियन्त्रणमा लिएको छ । 

नदीजन्य वस्तु अनियन्त्रित तवरले उत्खनन गरी अनुमतिबिना क्रसर सञ्चालन गरेको आरोपमा जुगेडीमा सञ्चालित न्याम्को क्रसरमा प्रशासनले ताला लगाएको हो ।

जिल्ला समन्वय समितिको अगुवाइमा समन्वय प्रमुख, जिल्ला अधिकारीसहितको टोलीले आइतबार जुगेडीमा सञ्चालित उक्त क्रसरमा ताला लगाउनुका साथै त्यहाँका कर्मचारीद्वय सागर श्रेष्ठ र काजी भण्डारीलाई नियन्त्रणमा लिएको हो । नारायणगढ–मुिग्लन सडक विस्तारका क्रममा नदीजन्य बस्तु भण्डारण गर्न दिइएको स्थानमा अनुमतिबिना क्रसर सञ्चालन गरिएकाले प्रशासनले तालाबन्दी गरेको जिल्ला समन्वय समितिका प्रमुख कृष्णकुमार डल्लाकोटीले जानकारी दिनुभयो । 

यसैगरी ठिमुरा क्षेत्रमा मापदण्ड विपरीत नदीजन्य पदार्थ उत्खनन गर्दै आएका एक व्यक्तिसहित दुई एक्साभेटर नियन्त्रणमा लिइएको छ । भरतपुर महानगरपालिकासँग उत्खननको अनुमति लिएको स्थान ठिमुरामा वातावरणीय मूल्याङ्कन (ईआइए) भन्दा सात गुणा बढी नदीजन्य पदार्थ दोहन गरिएकाले त्यहाँ प्रयोग गरिएको एक्साभेटर नियन्त्रणमा लिइएको हो । 

नदीजन्य पदार्थ उत्खननका क्रममा वन जङ्गलसमेत विनाश गरेको आरोपमा गोपाल भण्डारीलाई प्रहरीले नियन्त्रणमा लिएको हो । यस्तै अनुगमन टोलीले भरतपुर महानगरपालिका –२९ पन्ध्रकिलो भन्ने स्थानमा वीरबहादुर कुमालले सञ्चालन गर्ने तयारीमा रहेको रिग्दी खोला क्रसरलाई समेत तत्काल कुनै पनि काम नगर्न निर्देशन दिँदै आज जिल्ला समन्वयमा सम्पर्क गर्न आउन भनिएको छ  । 

यसअघि खगेडी, थाङ, स्याङ्दी र बुङ खोला अनुगमनका क्रममा पाँचजनालाई पक्राउ गरेकामा स्थानीय प्रशासनले  तीन ती व्यक्तिसँग सम्बन्धित तीन ठेकदारलाई जनही रु एक लाख ५० हजार जरिवाना तिराई आइतबार छाडेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एसईईको नतिजा वैशाख महिनाको अन्तिम साता सार्वजनिक हुने अतिक्रमणमुक्त भए काठमाडौंका तीन बस्ती चट्याङ लागेर एक जनाको मृत्यु मनोहरा सुकुमबासी बस्तीमा डोजर चलाउन सुरु सुनचाँदीको मूल्यमा वृद्धि थापाथलीमा बसोबास गरिरहेका ६८ सुकुमबासी परिवार सरकारको सम्पर्कमा नेपाल ३७ रनले विजयी वर्षा सुरु भएसँगै बीपी राजमार्ग बन्द युक्रेनमा रूसी आक्रमण जारी नदीले बगाउँदा एक बालकको मृत्यु सुकुम्वासी बस्तीबाट २३ परिवारका सदस्य पुगे दशरथ रंगशाला गैरीगाउँस्थित सुकुम्वासी बस्तीमा पनि डोजर चल्यो परराष्ट्र सम्बन्धलाई व्यवस्थित गर्न सरकार क्रियाशील छः परराष्ट्रमन्त्री खनाल २४ घण्टामा दुई हजार ९०३ जना सवारी चालक सवारी नियम उल्लंघनको कारबाहीमा बालेनशाहलाई हर्क साम्पाङको सुझाव : जनतालाई धेरै दुःख नदिनु सुकुमबासी बस्तीमा डोजर चल्यो नियमावलीलाई ‘सुपर कानुन’ बनाउने प्रयास भइरहेको छ: देवराज चालिसे संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह