2026-09-14 12:59 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पर्बत - PBT

मुक्तिनाथमा भारतीय तीर्थयात्रीको संख्या ह्वात्तै बढ्यो

महेन्द्र केसी/पर्वत । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले मुक्तिनाथ दर्शन गरेपछि मुक्तिनाथ पुग्नेको संख्या ह्वातै बढेको छ । एकै महिनामा १० हजार भारतीय तीर्थयात्रीहरु मुक्तिनाथ पुगेको अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमले जनाएको छ ।

अन्नपूर्ण संरक्षण क्षेत्र आयोजना (एक्याप), इलाका संरक्षण कार्यालय जोमसोमका अनुसार गएको अङ्ग्रेजी महीना जनवरीदेखि अप्रिलसम्म १६ हजार ५५७ विदेशी पर्यटकले मुस्ताङ घुमेका छन् । जसमध्ये सबैभन्दा बढी अप्रिल महिनामा १० हजार २२९ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए । सन् २०१८ को अप्रिलमा नौ हजार ६१५ विदेशीले मुस्ताङ घुमेका थिए ।

‘मे महीनामा पर्यटक अझै बढ्छन”, कार्यालयका पर्यटन सहायक प्रेम बस्नेतले भने, “जेठ अन्तिमसम्मै पर्यटकको आउजाउ बढी हुन्छ ।” गत वर्षको मे महीनामा १३ हजार ९९८ विदेशी पर्यटक मुस्ताङ पुगेका थिए उनले भने । 

मुक्तिनाथ दर्शन गर्नेहरुको संख्या दिनप्रति दिन बढेको मुक्तिनाथका पूजारीले बताए । उनका अनुसार मुक्तिनाथमा सबैभन्दा बढि पछिल्लो समय भारत, इन्डोनएसिया लगायतका क्षेत्रमा पर्यटकहरु बढि आउने गरेका छन् ।

धार्मिक तथा पर्यटकीय क्षेत्रका हिसाबले पछिल्लो समय मुस्ताङ जिल्ला आन्तरीक तथा बाह्य पर्यटकका लागि रोजाईको गन्तव्य बनेको  छ ।।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ