2026-09-19 01:23 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रसुवा - RSW

गोसाइँकुण्ड मेला मङ्गलबारदेखि

जेठ २०, रसुवा । गङ्गादशहरा पर्वका अवसरमा लाग्ने पवित्र तीर्थ गोसाइँकुण्डमा मेला व्यवस्थित गर्न सबै तयारी पूरा गरिएको छ । गोाइँकुण्ड क्षेत्र विकास समितिका अध्यक्ष सञ्जीव डिएमका अनुसार धुञ्चेदेखि गोसाइँकुण्डसम्मको पैदलमार्गमा सफाइ र स्वास्थ्य शिविरको व्यवस्था मिलाइएको छ ।

सो पर्वको अवसरमा पाँच हजार भन्दा बढी भक्तजन गोसाइँकुण्ड पुग्ने अनुमानका साथ यथेष्ठ भोजन र बासको व्यवस्था मिलाउन धार्मिक मार्गका होटल व्यवसायीलाई आग्रह गरिसकिएको बताइएको छ ।

यसवर्ष गङ्गादशहरा मेला यही जेठ २१ गतेदेखि २९ गतेसम्म चल्ने र दशयोग जोडिएको दिनलाई दशहरा पर्व मानिएकाले गोसाइँकुण्डमा स्नान गर्दा अञ्जानमा भएका सबै पापबाट मोक्ष मिल्ने स्थानीय पुरोहित टङ्कप्रसाद ढकालले बताउनुभयो । 

 उक्त पर्वका अवसरमा गोसाइँकुण्ड जाने भक्तजनका लागि आवश्यक सुरक्षा प्रबन्ध मिलाइसकिएको बताउँदै प्रमुख जिल्ला अधिकारी अर्जुन भण्डारीले नेपाली सेना र स्वास्थ्य कार्यालयको समन्वयमा ठाउँ ठाउँमा स्वास्थ्य शिविर राखिने जानकारी दिनुभयो । 

काठमाडौँदेखि धुञ्चेसम्म आठ घण्टा मोटरमा र त्यसपछि पैदलयात्रा शुरु हुने धार्मिक पदमार्गमा सुसाउँदै झरेकी त्रिशूली नदी, उकाली  भञ्ज्याङ चौतारीे, चन्दनबारी र आधार इलाकामा  भेटिने चौरीगाई, विविध वनस्पति र लौरीबिनायक टापुबाट देखिने पश्चिम क्षेत्रको अल्का हिमालले भक्तजनलाई मनमोहक बनाउँछ  ।       

समुद्र मन्थन गर्दा निस्केको कालकूट विषपानका कारण छटपटाउनुभएका भगवान शङ्करले  शीतल स्थानको खोजीमा  निलाद्री पर्वत पुगेर त्रिशूलले हानी जल उत्पन्न गराई त्यहीँ जल समाधिमा बस्नुुभएको थियो । 

जीवनमा एक पटक गोसाइँकुण्ड पुग्नैपर्ने मान्यता रहेकाले पनि यही  जेठ २१ गते देखि २९ गतेसम्म आयोजना हुने मेलामा पाँच हजार भन्दाबढी भक्तजन आउने अनुमान गरिएको समितिका अध्यक्ष डिएमले बताउनुभयो ।मेला भर्न आउने भक्तजनले चिताएको पुग्ने, घरपरिवारमा सुख हुने, सन्तानको चाहना पूरा हुने र रोग नलाग्ने  विश्वासका साथ यहाँ वर्षेनी भक्तजनको भिड लाग्ने गरेको पूरोहित ढकालको भनाइ थियोे ।

समुद्र सतहदेखि १४ हजार १००  फिटको उचाइमा अवस्थित यो पवित्रतीर्थस्थल बौद्ध तथा तथा हिन्दू दुबैको साझा धार्मिक थलो भएकाले लामा झाँक्रीको बाजागाजा र स्थानीय वेशभूषाले यो पर्वलाई झन रौनक बढाएको पाइन्छ । 

 पर्वका अवसरमा कुण्ड पुग्ने भक्तजनले आप्mना दिवङ्गत पित्रीको सम्झनामा श्राद्ध तथा तर्पण गर्नाले उनीहरु स्वर्गवास हुने मान्यता रहिआएको छ । गोसाइँकुण्ड जान घरबाट निस्केका तर उकालो चड्न नसक्ने भक्तजनका लागि धुञ्चेबजारभन्दा पूर्व त्रिशूली नदी किनारमा सानो गोसाइँकुण्ड निर्माण गरिएकाले त्यही स्नान गरेर पनि मनोकाक्षा पूरा गर्न सक्छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई