२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

विद्यार्थी कुट्ने शिक्षिकालाई ‘अभद्र व्यवहार’ मुद्दा

२२ जेष्ठ २०७६, बुधबार ०६:०३

जेठ २२, रोल्पा ।  विद्यार्थीको हात भाचिने गरी कुटपिट गर्ने शिक्षिकालाई मुद्दा चलाइने भएको छ । चौध विद्यार्थी घाइते हुने गरी कुटपिट गर्नुभएकी ती शिक्षकाले पाँच विद्यार्थीको हातसमेत भाँचिदिनुभएको थियो । स्थानीय रुम्टीगढी गाउँपालिका–८ भानु आधारभूत विद्यालयकी शिक्षिका लक्ष्मी पुनलाई प्रहरीले ‘अभद्र व्यवहार’सम्बन्धी मुद्दा चलाउने तयारी गरेको जिल्ला प्रहरीले जनाएको छ ।

 थप अनुसन्धानका लागि १० दिन म्याद थप गरी होलेरी इलाका प्रहरी कार्यालय शिक्षिका पुनलाई सोमबार विद्यालय छुट्टी भएपछि प्रहरीले पक्राउ गरेको थियो । अपराध संहिता २०७४ को दफा ११८ बमोजिम उहाँलाई एक वर्षसम्म कैद वा रु १० हजारसम्म जरिवाना वा दुवै सजायसम्म हुनसक्ने कानूनविद्हरुले बताएका छन् । उहाँले विद्यार्थीलाई कुटपिट गरी हातै भाँचिदिएको खबर सार्वजनिक भएलगत्तै जिल्ला प्रहरी कार्यालयका प्रमुख (प्रहरी नायब उपरीक्षक दीपक खड्काले पक्राउ गर्न निर्देशन दिनुभएको थियो ।

 सो घटनामा कक्षा १ देखि ८ सम्म पढ्ने विद्यार्थी घाइते भएका थिए । आइतबार दाङको तुलसीपुरस्थित सहारा पोलिक्लिनिकमा घाइतेमध्ये भीमकुमारी बाँठा, निर्मला पुन, गौरी घर्ती, शान्ता नेपाली र विमला रोकाको हातको प्लाष्टर गरिएको थियो । उनीहरूको जोर्नी, नाडी, कुइनो र कुममा समस्या देखिएको उपचारमा संलग्न चिकित्सक घनश्याम शर्माले जानकारी दिनुभयो । शिक्षिका पुनले विद्यालय ढिलो आएको भन्दै लट्ठीले अन्धाधुन्ध हिर्काउँदा विद्यार्थी घाइते भएका थिए । आफूहरु लाइन लाग्दै गरेको बेला उहाँले े अन्धाधुन्ध लट्ठी चलाउन शुरु गरेको छात्रा भीमकुमारी बाँठाले बताउनुभयो ।

घटना वैशाख १२ गते भएको भए पनि वडा नं ८ का वडाध्यक्ष भीमबहादुर घर्तीको रोहवरमा औषधि उपचार गर्ने सहमतिमा मिलापत्र गराइएको हल्लेरी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक मेघनाथ चापागाईंले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य