२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

इजरायलबाट कृषि प्रविधि ल्याउँछौँः प्रधानमन्त्री

२२ जेष्ठ २०७६, बुधबार १५:५८

जेठ २०, काठमाडौँ (रासस) | प्रधानमन्त्री केपी शर्मा ओलीले देशलाई कृषिमा आत्मनिर्भर बनाउन इजरायलबाट आधुनिक कृषि प्रविधि ल्याउने तयारीमा सरकार रहेको बताउनुभएको छ ।  काठमाडौँ महानगरपालिका शहरी योजना आयोगले आज आयोजना गरेको ‘हाम्रो काठमाडौँ, हामी आफैँ बनाउँछौँ’, ‘स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धा २०७५’ पुरस्कार वितरण समारोहमा प्रधानमन्त्री ओलीले आधुनिक कृषि प्रविधिले मात्रै देश विकास सम्भव हुने भएकाले सरकाले उक्त प्रविधि ल्याउन लागेको बताउनुभयो । 

कसैको भरमा देश नबन्ने भन्दै उहाँले स्वदेशकै युवा जमातले समस्याको समाधान गर्ने आधुनिक प्रविधिसहित राज्यका सबै निकाय एक भएर विकासमा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “देशमा भएको स्रोत साधनको प्रयोग गर्नुस्, परस्परागत सोचभन्दा माथि उठेर काम गर्नुहोस्, त्यसका लागि सहयोग गर्न सरकार तयार छ ।”

कार्यक्रममा कामपाका प्रमुख विद्यासुन्दर शाक्यले देशले परिवर्तन खोजेको हुनाले त्यसका लागि तीन तहबाट युवा परिचालन गर्न आवश्यक रहेको बताउनुभयो । कामपा शहरी योजना आयोगका उपाध्यक्ष सरोज बस्नेतले देशको हरेक समस्याको समाधान युवा पुस्ताबाट मात्रै सम्भव हुने बताउनुभयो । 

प्रतिस्पर्धामा ‘एनी टाइम ट्वाइलेट’ प्रथम

काठमाडौँ महानगरले सञ्चालन गरेको स्मार्ट शहरी प्रविधि प्रतिस्पर्धामा समुदाय र वातावरण विधाबाट ‘एनी टाइम ट्वाइलेट’ नामक समूहका प्रथम बनेको छ । उक्त समूहलाई प्रधामन्त्रीले रु पाँच लाख पुरस्कार प्रदान गर्नुभयो ।

शहरमा हरेक मानिसले शौचालयको समस्या भोगेका छन् । त्यो समस्या समाधान गर्न हामी प्रविधिमार्फत हरेक रेष्टुरेष्टसँग उपभोक्ताको सम्बन्ध जोड्छौँ । सजिलो प्रबिधिबाट हरेक व्यक्तिको आवश्यता पूरा गराउन सकिन्छ । यही सौचमा आधारित प्रविधि प्रतिस्पर्धाबाट समूह उक्त समूह प्रथम बिजेता बनेको हो । 

यो समूहसँगै अन्य तीन वटा विषयगत विजेता समूहलाई जनही रु दुई लाख प्रदान गरिएको छ । यसरी विषयगत विजेता भएर रु दुई लाख पाउनेमा शहरी पूर्वाधारतर्फ ट्राफिक नक्शा, महानगरीय सामुदायिक सेवातर्फ डिजिटल नेपाल र महानगरीय सार्वजनिक प्रशासन तथा व्यवस्थापनतर्फ ‘भूमि’ नामक समूह रहेका छन् । यस प्रतिस्पर्धामा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, महानगरीय सामुदायिक सेवा र महानगरपालिकाको सार्वजनिक प्रशासन तथा व्यवस्थापन गरी मुख्य चार विषय समेटिएको थियो । दुई जनादेखि पाँच जनासम्मको समूहले मात्र प्रतिस्पर्धा गर्न सक्ने गरी कार्यविधि जारी गरिएको यस प्रतिस्पर्धामा ४५२ समूहका एक हजार ३५६ जना युवाले आफ्ना नविन सोच पेश गरेका थिए ।

पेश भएका ४५२ सोचमध्येबाट विभिन्न पाँच वटा फरकफरक मापदण्डका आधारमा १४२ सोंचलाई पहिलो चरणमा छनोट गरी करीव तीन महीना विभिन्न तालीम तथा सेमिनारमार्फत उनीहरुको सोचमा निखारता ल्याउने प्रयास गरिएको थियो । उनीहरुका प्रस्तुति शहरी समस्याका मुख्य चार विषयमा निर्धारण गरिएको छ । प्रतिस्पर्धाका लागि राखिएका विषयमा समुदाय तथा वातावरण, शहरी पूर्वाधार विकास, सामुदायिक सेवा र सार्वजनिक प्रशासन तथा व्यवस्थापन हुन् ।

प्रतिस्पर्धाबाट आएका सोचबाट काठमाडौँका शहरी समस्या पहिचान हुने र ती समस्याको समाधानमा प्रविधिमैत्री उपाय पत्ता लाग्नेछन् । प्रविधि, ज्ञान र सीपका माध्यमबाट महानगरको समग्र क्षेत्रको परिवर्तनका लागि प्रविधिमैत्री आधार तयार हुने कामपाले विश्वास लिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य