2026-09-18 09:17 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट गोल्ड कपः नुवाकोट–११ विजयी

जेठ २२, नुवाकोट | आजदेखि शुरु भएको ‘दोस्रो नुवाकोट गोल्ड कप फुटबल प्रतियोगिता’मा घरेलु टोली नुवाकोट–११ विजयी भएको छ । बट्टार बहुमुखी क्याम्पसको मैदानमा भएको उक्त खेलमा नुवाकोट–११ ले काठमाडौँको दिपशिखा युवा समूहलाई ५–० गोलले पराजित गरेको हो । 

नुवाकोट–११ का लागि विश्वास श्रेष्ठले ह्याट्रिक गरेका थिए । उनले खेलको १०औँ र ३४औँ मिनेट तथा मध्यान्तरपछि गोल गरेका थिए ।

यस्तै नुवाकोट–११ का लागि ३८औँ मिनेटमा प्याट्रिक तथा मध्यान्तरपछि दिनेश राजवंशीले गोल गरेका थिए । नुवाकोट–११ का विश्वास श्रेष्ठ म्यान अफ दी म्याच घोषित भए । उनले रु १० पुरस्कार प्राप्त गरे । 

जिल्ला खेलकूद विकास समिति नुवाकोट र नुवाकोट फुटबल सङ्घको आयोजनामा भएको प्रतियोगितामा नुवाकोट–११ सहित विभागीय टोली नेपाल पुलिस क्लब, सशस्त्र प्रहरी बलको एपिएफ क्लब र त्रिभुवन आर्मी क्लबले सहभागिता जनाएका छन् । 

यस्तै मनाङ, सङ्कटा, च्यासल युथ क्लब, चितवन–११, विजय युथ हेटौँडा र काठमाडौँको दिपशिखा युवा समूह सहभागी छन् । प्रतियोगिताको विजेताले रु छ लाख तथा उप–विजेताले रु तीन लाख पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिता यही जेठ ३१ गतेसम्म सञ्चालन हुने जिल्ला फुटबल सङ्घका उपाध्यक्ष उद्धव पनेरुले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई