2026-09-01 02:31 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माडीमा चक्लाबन्दी खेती शुरु

जेठ २४, हेटौँडा । जिल्लाको माडीमा चक्लाबन्दी खेती शुरु गरिएको छ । प्रदेश नं ३ सरकारको सहयोगमा माडी नगरपालिका–८ कान्तिपुरमा रहेको सूर्याेदय सहकारी संस्थाले किसानको जग्गा एकीकरण गरी चक्लाबन्दी खेती शुरु गरेको हो । 

संस्थाका अध्यक्ष इन्द्रबहादुर पौडेलका अनुसार ६८ जना कृषकको १२० बिगाहा जमीनमा चक्लाबन्दी खेती शुरु गरिएको छ । कृषकलाई वार्षिक रुपमा एक कट्ठा जग्गाको एक मुरी धान दिने गरी १५ वर्षका लागि भाडामा लिएर सो खेती शुरु गरिएको हो । पौडेलले आम्दानीपछि बचत भएको रकमसमेत उनीहरुलाई पनि शेयर सदस्य बनाएर वितरण गरिने जानकारी दिनुभयो । 

चक्लाबन्दी खेतीका लागि जमीन मिलाएर धानको बीउ राख्न शुरु गरिएको छ । पौडेलले आज दुई क्विन्टल राधा ४ जातको धानको बीउ राखिएको बताउनुभयो । सहकारीले बीउ राख्नका लागि राधा ४ र सावित्रीको १०/१० क्विण्टल खरीद गरिसकेको छ । केही दिनभित्र बीउ राखिसक्ने जनाइएको छ । 

धान लगाइने जमीनमा यसपछि गहुँ र मकै लगाइँदैछ । सोही क्षेत्रमा चार कट्ठा दश धुर जमीनमा तरकारी खेतीका लागि ग्रिन हाउस निर्माण गरिँदैछ । 

कृषि ज्ञान केन्द्र भरतपुरका प्रमुख सुधीर श्रेष्ठका अनुसार यस प्रदेशको चितवनको माडी र सिन्धुलीको दुधौलीमा चक्लाबन्दी खेती शुरु गरिएको हो । प्रदेश सरकारले ज्ञान केन्द्रमार्फत जमीन चक्लाबन्दी गर्न रु २५ लाख, विभिन्न कृषि औजार खरीद गर्न रु ६५ लाख, सहकारी खेती शीर्षकमा रु ६ लाख अनुदान दिने श्रेष्ठले जानकारी दिनुभयो । यससँगै ग्रिन हाउस निर्माणका लागि कन्दमूल तरकारी विकास केन्द्र सिन्धुलीले रु २५ लाख उपलब्ध गराउने श्रेष्ठले बताउनुभयो । 

चक्लाबन्दी खेती गर्दा मेशिनरी उपकरण प्रयोग गरेर ठूला गरामा आधुनिक खेती गरिन्छ । जसले लागत मूल्य घटाउने श्रेष्ठको भनाइ छ । सो क्षेत्रमा प्रदेश नं ३ का भूमि व्यवस्था, कृषि तथा सहकारीमन्त्री दावादोर्जे लामाले दुई पटक पुगेर कृषकलाई उत्साहसमेत थप्नुभएको स्थानीयवासीले जनाएका छन् । कृषकलाई गोलबन्द गर्दै सहकारीलाई विस्तार गर्दै लैजाने लक्ष्य राखिएको छ । 

केही महीनाअघि ३० जना सदस्यबाट दर्ता भएको सहकारीमा जग्गाधनीलाई समेत सदस्य बनाइनेछ । माडी नगरपालिका–८ का अध्यक्ष कृष्णराज अधिकारीले कृषकका जमीनलाई चक्लाबन्दी गरी खेती गर्दा कम खर्चमा धेरै उत्पादन गर्न सकिने बताउनुभयो । 

माडी नगरपालिकाले समेत तरकारी खेतीका लागि रु पाँच लाख दिने आश्वासन दिएको संस्थाका अध्यक्ष पौडेलले बताउनुभयो । नगरपालिकाका प्रमुख ठाकुरप्रसाद ढकालले प्रदेश सरकारको यस कार्यक्रममा आवश्यक सहयोग नगरपालिकाबाट हुने बताउनुभयो । माडी नगरपालिका उर्वर ठाउँ भएकाले चक्लाबन्दी खेती शुरु भएसँगै यसले अन्य कृषकलाई पनि ज्ञान र सीप आदानप्रदानमा सहयोग पुग्ने ढकालको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
वैदेशिक रोजगार व्यवसायी संघद्वारा रसुवा बाढीपीडितका लागि डेढ करोड सहयोग हस्तान्तरण बाढी प्रभावित रसुवा र नुवाकोटका लागि ३० टनभन्दा बढी खाद्य सामग्री पठाइयो राष्ट्रपति पौडेलसँग रवि लामिछानेको भेटवार्ता बाढीमा हराइरहेकाहरूको शव पहिचानका लागि डीएनए परीक्षणकाे व्यवस्था भोटेकोशी बाढी विश्वव्यापी वातावरणीय संकटको गम्भीर चेतावनी हो : ओली नेपाल–चीन सीमा क्षेत्रमा सिसी क्यामेरा जडान हुँदै कृष्णभीर सडक पूर्ण अवरुद्ध, काठमाडौं आवतजावतका लागि वैकल्पिक मार्ग खुला सरकारको कोषमा पैसा र राहत जम्मा भएको छ, तर जनता भोकै छन् : ओली भोटेकोशी बाढी र पहिरोको कहर: ९२१ शव फेला, ४ हजार १४१ अझै सम्पर्कविहीन कीर्तिपुरमा महिलामाथि दुर्व्यवहार गर्ने तीन युवा पक्राउ भोटेकोशी बाढीपछि जलविद्युत् सुरुङमा उद्धार अभियान तीव्र भोटेकोशी बाढी संकटबारे प्रधानमन्त्री बालेनले सुरक्षा निकायका प्रमुखसँग छलफल थाले रसुवा बाढी : बगेर भारत पुगेका ४ जनाको शव नेपाल ल्याइयो बाढी र पहिरोले देशभरका विभिन्न राजमार्ग अवरुद्ध कांग्रेस संसदीय दलको बैठक बस्दै भोटेकोशी बाढीको कहर: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन सुनको मूल्यमा भारी गिरावट शिक्षकलाई कुटपिट गरी हत्या गरेको आरोपमा ११ जना पक्राउ भोटेकोशी बाढीपछि उद्धारमा खटिएका हेलिकप्टरका लागि निगमले पठायो ४० हजार ८४० लिटर हवाई इन्धन रसुवा बाढी–पहिरोमा मृत्यु हुनेको संख्या ६६९ पुग्यो, चितवनमा मात्रै २४८ शव फेला