2026-07-11 01:06 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

रोल्पा - RLP

घुस लिएको अभियोगमा सव इञ्जिनीयर पक्राउ

2019-06-07


जेठ २४ , काठमाडौँ (रासस )अख्तियार दुरुपयोग अनुसन्धान आयोगले माडी–लुङ्ग्र्री–करिडोर सिँचाइ आयोजना, रोल्पामा कार्यरत सव इञ्जिनीयर तारा श्रेष्ठलाई रु एक लाख घुससहित पक्राउ गरेको छ ।

 योजनाको अन्तिम बिल भुक्तानी गर्दा सव इञ्जिनीयर श्रेष्ठले घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले पक्राउ गरेको हो । आयोगका सहसचिव कालीप्रसाद पोखरेलेका अनुसार आरोपी श्रेष्ठको थप अनुसन्धान भइरहेको छ । 

आयोगले सशस्त्र प्रहरी बल, नेपाल, ११ नं गण, हजमिनिया, रौतहटमा कार्यरत सशस्त्र प्रहरी जवान अरूण झालाई रु ३० हजार घुससहित पक्राउ गरेको छ । नेपाल भारत सीमाबाट कस्मेटिक सामान ल्याउन सहज गराइदिने भन्दै जवान झाले सेवाग्राहीसँग घुस मागेको आयोगले जनाएको छ । आरोपी सशस्त्र प्रहरी जवान झाको थप अनुसन्धान भइरहेको छ । 

त्यस्तै इलाका प्रहरी कार्यालय रन्यौरा, रूपन्देहीमा कार्यरत प्रहरी निरीक्षक केशवबहादुर बस्नेतलाई रु १५ हजार घुससहित पक्राउ गरेको छ ।नदीजन्य पदार्थ ढुवानी गरिरहेका सेवाग्राहीसँग घुस मागेको भन्ने सूचनाका आधारमा आयोगको बुटवल कार्यालयबाट खटिएको टोलीले आज पक्राउ गरेको हो । यस्तै मालपोत कार्यालय चावहिल काठमाडौँका नायब सुब्बा चन्द्रबहादुर श्रेष्ठलाई रु दुई हजार घुससहित आयोगले पक्राउ गरेको छ ।

एक विवादित जग्गाको मिसिलको प्रमाणित प्रतिलिपी दिने प्रयोजनका लागि सेवाग्राहीसँग घुस माग गरेको भन्ने सूचनाका आधारमा पुगेको आयोगको टोलीले नायब सुब्बा श्रेष्ठलाई कार्यालय परिसरबाट बिहीबार पक्राउ गरिएको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट