कृष्ण कँडेल, माघ ७, गलकोट । बागलुङ्गको ईलाका नम्बर–४ को ईलाका स्तरिय योजना तर्जुमा बैठक सडक निर्माण अयोजनालाई प्राथमिकतामा पारेर सकिएको छ ।
ताराखोलामा भएको बैठकले ग्रामिण सडक तर्फ विहुँ रिजालचोक, अमरभुमि अर्गल हुँदै ताराखोला जोड्ने सहिद मार्गलाई पहिलो र मध्यपहाडी लोकमार्गमा हरिचौर हिल हुँदैताराखोला जोड्ने दोस्रो प्राथमिकताम राखिएको छ । निर्वाचन क्षेत्रपुर्वाधार विकाश कार्यक्रम अन्तरगत पाँच ओटा सडक योजनालाई प्राथमिकिकरण गरिएको छ । ताराखोला म्याग्दी मोटरबाटो पहिलो, हिल घुस्मेली अर्गल हुँदै म्याग्दी जोड्ने मोटरबाटोलाई दोस्रो, अमरभुमि भुस्कात माझखर्क मोटरबाटो तेस्रो, सहिद थिरबम मोटरबाटो हरिचौर मल्म टोकरी पाण्डवखानी मोटरबाटो चौथो र हिल घुम्टेलेक पर्यटकिय मोटरबाटोलाई पाँचौ प्राथमिकताम राखिएको छ ।
ग्रामिण खानेपानी तथा सरसफाई अन्तरगत ताराखोलामा सञ्चालित पश्चिम नेपाल खानेपानी परियोजना पहिलो, हल्पुखोला खापा अर्गल दोस्रो र हरिचौर खापा तेस्रो प्राथमितामा परेको जिविस बागलुङ्गका प्रसासन प्रमुख ससबहादुर पुनले जानकारी दिनुभयो । कार्यक्रममा सम्पुर्ण राजनैतिक दलको तर्फबाट नेपाली काग्रेश बागलुङ्गका कार्यवाहक सभापति जगदिशचन्द्र उपाध्यायले स्थानिय समस्याको पहिचान गरि योजना निर्माण र प्राथमिकिकरण गर्नुपर्नेमा जोड दिनुभएको थियो । यससँगै गलकोटको दुदिलाभाटी र नरेठाँटी बाहेक अन्य गाविस समावेश ईलाकाको योजना तर्जमा वैठक सकिएको छ । ईलाका नम्पर ९ को पाण्पबखानीमा, ८ को हटियामा र ४ को ताराखोलामा भएको छ ।