2026-07-11 01:07 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

संविधानले ब्यबस्था गरेको ,जातीय छुवाछुत तथा भेदभावको अझै अन्त्य भएन

2019-06-08

 

जेठ २५,पाल्पा | राष्ट्रिय मानवअधिकार आयोगका सदस्य प्रकाश वस्तीले सबैभन्दा बढी जातीय भेदभाव तथा छुवाछूतका घटना प्रदेश नम्बर २ मा रहेको बताउनुभएको छ । 

दोस्रोमा ६ नम्बर, तेस्रोमा सात र पाँच नम्बर प्रदेशमा जातीय भेदभाव तथा छुवाछूत घटना रहेको सदस्य वस्तीले बताउनुभयो । आयोगले आयोजना गरेको जातीय भेदभाव तथा छुवाछूतविरुद्धको अधिकार विषयक अन्तक्र्रियामा वस्तीले दलित समुदायमाथि जातीय भेदभाव तथा छुवाछूतका घटना नरोकिएको बताउनुभयो । 

कार्यक्रममा जिल्ला समन्वय समिति पाल्पाका प्रमुख दयाराज बस्यालले कानूनका दृष्टिले सबै समान रहेको बताउँदै समाजमा छुवाछूत व्याप्त रहेको बताउनुभयो । “सचेत मानिसमा छुवाछूत छैन”, उहाँले भन्नुभयो ।

रैनादेवी छहरा गाउँपालिका अध्यक्ष रामबहादुर कार्की भन्नुहुन्छ, “जातीय छुवाछूतजस्तो समस्यालाई न्यूनीकरणका लागि पाठ्यक्रममा समावेश गर्न आवश्यक छ ।” बगनासकाली गाउँपालिका उपाध्यक्ष सरस्वती चिदीले २१ औँ शताब्दीमा जातीय छुवाछूतसम्बन्धी कुरा गर्न बाध्य हुुनुपरेको बताउनुभयो । उहाँले नेपालको संविधानमा दलित, महिला र अपाङ्गमैत्री बने पनि कार्यान्वयनमा समस्या देखिएको बताउनुभयो ।

पाल्पाका प्रमुख जिल्ला अधिकारी, वीरेन्द्रकुमार यादवले प्रहरी प्रमुख विश्वमणि पोखरेलले जातीय छुवाछूतका घटना जनचेतनाको कमीकै कारण नभएको बताउनुभयो । आयोग प्रदेश नम्बर ५ का निर्देशक सम्झना शर्माले जातीय छुवाछूतको विधि र शैली मात्र फरक भएको बताउनुभयो । 

कार्यक्रममा दलित अधिकारकर्मी, प्राध्यापक, वृद्धिजीवी तथा पत्रकारले जातीय छुवाछूत अन्त्यका लागि दलित समुदायको आर्थिक, शैक्षिक, सामाजिक–सांस्कृतिकलगायतका क्षेत्रमा उत्थानका लागि विशेष कार्यक्रम सरकारले ल्याउनुपर्नेमा जोड दिनुभयो । पाल्पामा विद्यालय, मन्दिर, कुवा धारा, तथा मेलापात, प्रेम विवाह जातीय आधारमा छुवाछूत रहेको बताइएको थियो ।(रासस )


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट