२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

जापानमा ज्यान गुमाएका भण्डारीको परिवारलाई साढे ७ लाख प्रदान

८ माघ २०७२, शुक्रबार १४:३२

कृष्ण कँडेल । माघ ८, गलकोट । कामको शिलशिलामा जापानमा ज्यान गुमाउनुभएका रविलाल भण्डारीका परिवारलाई साढे ७ लाख राहात रकम प्रदान गरिएको छ ।

बेलुका साथीसँगै खाना खाएर सुतेका हटिया–३ का भाण्डारी भोली पल्ट विहान गत पुस २४ गते जापानको टोकियोमा मृत अवस्थामा भेटिनुभएको थियो । उहाँका परिवारको लागि समाज कल्याण युवा क्लव हटिया धुस्तुङ्गका पदाधिकारी तथा सदस्यको पहलमा जापानबाट संकलन गरिएको ७ लाख ४७ हजार ९ सय ४० रुपैयाँ प्रदान गरिएको हो । भण्डारी परिवारको आफ्नो आर्थिक समस्या समाधान गर्न र छोराछोरीको शिक्षा दिक्षाका लागि खर्च गर्ने गरि यो रकम प्रदान गरिएको समाजका अध्यक्ष विरजंग भण्डारीले जानकारी दिनुभयो । जापनमा रहेका समाज कल्याण युवा क्लवका सदस्य, संस्थापक तथा भण्डारी परिवारका आफन्त र शुभचिन्तकले सहयोग संकलन गरेका थिए । सहयोग संकलनको क्रममा जापानमा ४ समुह बनाएर काम गरिएको काजीमान भण्डारीले जानकरी दिनुभयो ।

सहयोग रकम स्वर्गीय भण्डारीका श्रीमती मनकुमारी भण्डारीलाई प्रदान गरिएको हो । मनकुमारी भण्डारी मृगौला रोगबाट पिडित हुनुहुन्छ । उहाँको एउटा मृगौलाले मात्र काम गर्ने स्थानिय खिम साहनीले जानकारी दिनुभयो । स्वार्गीय भण्डारीका श्रीमती, एक छोरा र एक छोरी रहेका छन् । राहात रकम प्रदान गर्ने क्रममा भण्डारीका श्रीमती मनकुमारी भावुक हुँदै रुनु भएको थियो भने कार्यक्रममा उपस्थित आफन्तको पनि आँखा रसाएका थिए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य