कमल पौडेल/ माघ १३, खर्वाङ (बागलुङ) । गुल्मीको रुद्रवेणि, वामी टक्सार, दरमखोला मोटरवाटोको स्तरउन्नतीको लागी भन्दै नेकपा एमाले गुल्मीको टोली काठमाडौं पुगेको छ। नेकपा एमालेका केन्द्रिय सचिव प्रदिप ज्ञवालीको समन्वयमा काठमाडौं पुगेको डेलिगेसन टोलीले अर्थमन्त्रि विष्णु पौडेल र उपप्रधान तथा भौतिक योजना निर्माण मन्त्रि विजय कुमार गच्छदारलाई भेट गरि मोटरवाटोको विषयमा छलफल गरेको छ।
छलफल पछि अर्थमन्त्रि पौडेलले रुद्रवेणि देखि आँपचार सम्मको सडकलाई स्तरउन्नती गर्नको लागी १५ करोड तत्काल खर्च गर्ने गरि काम अगाडि वढाउन निर्देशन दिनुभएको र उप प्रधान तथा भौतिक योजना निर्माण मन्त्रि गच्छदारले आँपचौर देखि वामीटक्सार सम्मको सडकको टेन्डर आह्वान गर्न निर्देशन दिएको टोलीमा सहभागि प्रकाश काफ्लेले जानकारी दिनुभएको छ।
त्यस्तै टोलीले दरमखोला वामी सिँचाईको लागी भन्दै सिँचाई मन्त्रि उमेश यादव सँग पनि छलफल गरेको छ। डेलीगेसन टोलीमा अखिल नेपाल महिला संघ केन्द्रिय सचिवालय सदस्य मैना भण्डारी, नेकपा एमाले गुल्मीका सचिव सोमनाथ सापकोटा, लगाएत चेतन वस्नेत मजुवा, चिन्तामणि पाण्डे अस्लेवा, कमला शर्मा र झविराम शर्मा भुवाचिदि, प्रकाश काफ्ले, महेश जि.सि., अग्नीधर लोहनी, नारायण सापकोटा, हरिहर सापकोटा वामी लगाएत रहनु भएको छ।
टोलीले गुल्मीको विकासको लागी ज्ञापन पत्र सहित विहिवार प्रधानमन्त्रिलाई भेट्ने कार्यक्रम रहेको काफ्लेले जानकारी दिनुभएको छ। गुल्मीकै सवै भन्दा व्यस्त सडकको रुपमा चिनिने रिडि रुद्रवेणि वामी टक्सार सडकको लागी प्रत्येक वर्ष थोरै रकम विनियोजन हुने र विनियोजीत रकमको पनि प्रभावकारी काम नभएको आरोप लाग्दै आएको छ। चालु वर्षपनि १ करोड ५० लाख रकम विनियोजन भएको थियो ।