२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

मिलन व्यावसायीक कृषि सहकारी खर्वाङद्धारा उत्कृष्ट कृषकहरुलाई सम्मान

१६ माघ २०७२, शनिबार १३:५२

कमल पौडेल/ माघ १६, बागलुङ (खर्वाङ) । मिलन व्यावसायीक कृषि सहकारी संस्था लि. दगातुन्डाडा बागलुङले व्यावसायीक रुपमा कृषि गर्ने २ वटा फर्म तथा २ जना पशुपालक कृषकलाई सम्मान गरेको छ। शनिवार पाँचौ वार्षिक साधारण सभाको अवसरमा खर्वाङ बजारमा संचालित प्रगतिशिल वंगुर फर्म र मिलिजुली ताजा तरकारी फर्म तथा दगातुन्डाडा ८ का कुखुरा पालक हमेश गिरि र दगातुन्डाडा ३ का वाख्रा पालक कल्पना रामजालीलाई सम्मान पत्र सहित सम्मान गरिएको हो ।
baglung 3
सो कार्यक्रमको उद्घाटन गर्दै एकिकृत सेवा केन्द्र वुर्तिवाङका प्रमुख जनक थापाले सहकारीले सदस्यहरुको जीवन स्तरलाई वृद्धि गर्ने वताउनु भएको छ। थापाले परम्परागत रुपमा गरिएको खेति प्रणालीलाई आधुनिक र व्यावसायीक गराउन सके मात्रै देश सम्वृद्ध वन्न सक्ने वताउनु भएको छ।

कार्यक्रममा दगातुन्डाडाका निवर्तमान गाविस अध्यक्ष मित्र वहादुर पुन, दगातुन्डाडाका गाविस अध्यक्ष एवं सचिव गिता पौडेल, सहकारीका सल्लाहकार संयोजक विष्णु प्रसाद भुसाल, सदस्य कृष्ण प्रसाद खरेल, नेपाली काग्रेसका क्षेत्रिय सदस्य विष्णु थापा, नेकपा एमालेका जिल्ला सल्लाहकार परिषद्का सदस्य टोप नारायण अर्याल, नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष विष्णु प्रसाद खरेल, परोपकार वहुउद्धेश्यिय सहकारी वामीका सचिव गोपि कृष्ण खरेल, पशुसेवा केन्द्र खर्वाङका प्रमुख महेन्द्रराज पन्थि, सिवाईसि शाखा खर्वाङका वरिष्ठ शाखा प्रवन्धक शान्ति शर्मा लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
baglung 2
सभामा सहकारीका अध्यक्ष दिन वहादुर केसिले भावि निति तथा कार्यक्रम सहितको प्रगति प्रतिवेदन तथा कोषाध्यक्ष वावुराम जि.सि.ले ५१ लाख ४२ हजार वरावरको आर्थिक प्रतिवेदन प्रस्तुत गर्नुभएको थियो ।

कार्यक्रम अध्यक्ष दिन वहादुर केसिको अध्यक्षता उपाध्यक्ष खगिश्वर अर्यालको स्वागत मन्तव्य तथा सचिव जिव वहादुर थापाको संचालनमा सम्पन्न भएको थियो ।
baglung 1
सहकारीले बागलुङ जिल्लाका ५ गाविस तथा गुल्मीका ३ गाविसका कृषकहरुलाई एकिकृत गर्दै व्यावसायीक कृषीतर्फ उन्मुख गराउन व्यावसायीक ऋण लगानी तथा अनुगमन गर्दै आएको छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य