८ माघ २०८२, बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

रिघामा कृषकहरुको लागी तालिम सम्पन्न

१८ माघ २०७२, सोमबार १४:५५

कमल पौडेल/ माघ १८, बागलुङ (खर्वाङ) । अभियान कृषि तथा पशु विकास सहकारी संस्था लिमिटेड रिघा वागलुङको आयोजना तथा जिल्ला कृषि विकास कार्यालयको आर्थिक तथा प्राविधिक सहयोगमा आइतवार देखि शेयर सदस्य तथा कृषकहरुको लागी शुरु भएको कृषि तथा अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ।

तालिमको समापन कार्यक्रम तथा अन्तक्र्रिया रिघा गाविसको प्राङ्गणमा सम्पन्न भएको थियो । तालिमको समापन कार्यक्रममा वरिष्ठ जिल्ला कृषि विकास अधिकृत विनोद हमाल, प्रचार अधिकृत विप्लव अधिकारी, जिल्ला पशुविकास कार्यालय बागलुङका डा. सुवास चौधरी, कृषि सेवा केन्द्र खर्वाङका प्रमुख जटासंकर साहु, सु आहारा कार्यक्रमका फिल्ड संयोजक विश्वनाथ आचार्य, रिघा गाविसका सचिव एवं अध्यक्ष कर्म प्रसाद गौतम, नेपाली काग्रेसका संकर प्रसाद पुन, ने.क.पा. एमालेका धिरेन राजवंशि, कृषक अगुवा शेर वहादुर श्रीस, लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो । अन्तक्र्रियामा कृषकहरुले आफुलाई परेका समस्या र समाधानको विषयमा सवाल जवाफ गरेका थिए ।

सहकारीमा आवद्ध दुई सय भन्दा वढि कृषकहरु सहभागि भएको कार्यक्रममा मौसमी तरकारीहरुको विउपल पनि वितरण गरिएको थियो । तालिमले कृषकहरुलाई व्यावसायीकतामा लाग्न उत्प्रेरित गरेको भन्दै सहकारीले अव रिघामा व्यावसायीक कृषि फर्महरु संचालन हुने विश्वास व्यक्त गरेको छ। कार्यक्रम सहकारीका अध्यक्ष देव विकको अध्यक्षता, प्रवन्धक सोनाम घर्ति को स्वागत मन्तव्य तथा कार्यक्रम संयोजक डम्वर श्रीसको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पाँच उम्मेदवारविरुद्ध उजुरी दर्ता अमेरिकाले फेरि ८० जना नेपाली नागरिकलाई डिपोर्ट गर्‍यो बसको ठक्करबाट एकजना वृद्धा महिलाको मृत्यु निर्वाचनलाई देखाएर विकास निर्माणका काममा ढिला सुस्ती नगर्न निर्देशन: मुख्यमन्त्री कँडेल केन्द्रीय सुरक्षा समितिको बैठक : सुरक्षा व्यवस्था थप सुदृढ बनाउन निर्देशन नेप्से परिसूचक ९.४३ अंकले घट्यो सार्वजनिक क्षेत्रभित्र धूम्रपान गर्नेलाई कारबाही गर्न महानगर प्रहरीलाई निर्देशन स्याङ्जामा २ पदका लागि २८ जना चुनावी मैदानमा निर्वाचन आयोगमा ‘कल सेन्टर’ सञ्चालन चितवनमा स्वतन्त्र १६ सहित ६५ जनाको उम्मेदवारी सार्वजनिक सम्पत्ति आगजनी तथा तोडफोड गर्नेहरूलाई कडा कारबाही गर्नुपर्छ : केपी शर्मा ओली जनताले देश बनाउनेलाई मत दिन्छन् : महासचिव पोखरेल सुनको मूल्य आज १० हजार ४०० रुपैयाँले बढ्यो सर्वोच्चले गगन थापाविरुद्ध अन्तरिम आदेश जारी गर्न अस्वीकार गरे रवि लामिछानेले वारेसमार्फत गराए उम्मेदवारी दर्ता ऋषि धमलाले रौतहट–४ बाट उम्मेदवारी दर्ता गराए नेप्से परिसूचक ४२.२६ अंकले बढ्यो हाजिरी जमानीमा छुटे दुर्गा प्रसाईं केपी ओलीले गराए उमेदवारी दर्ता बालेन शाहले गराए उम्मेदवारी दर्ता