Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जेठ २८, कलैया । </b>मोटरसाइकल चोरी गर्ने गिरोहका पाँच जनालाई बारा प्रहरीले सोमबार पक्राउ गरेको छ । नेपाल–भारतको विभिन्न ठाउँबाट मोटरसाइकल चोरी गरी नेपाल तथा भारतमा बिक्री गर्ने ती गिरोहका व्यक्तिलाई पक्राउ गरेको प्रहरी प्रवक्ता रञ्जितसिंह राठौरले जानकारी दिनुभयो ।</p><p>पक्राउ पर्नेमा सिम्रौनगढ नगरपालिका–९ बस्ने वर्ष १९ का श्यामसुन्दर यादव, १८ वर्षीय&nbsp; गुलशनप्रसाद यादव,&nbsp; बारागढी गाउँपालिका–२ मलाही बस्ने वर्ष २० का सुरेश मुखिया विन, सोही ठाउँ बस्ने १८ वर्षीय धर्मेन्द्र मुखिया विन र&nbsp; १९ वर्षीय नन्दकिशोर सहनी रहेका छन् । जिल्ला प्रहरी कार्यालय र इलाका प्रहरी कार्यालय बारागढीबाट खटिएको संयुक्त गस्ती टोलीले बारागढी गाउँपालिका–२ दौरवा मठअगाडि चोकबाट एक थान चोरीको अपाची गाडी, बीआर०५आर ७३३८ नंको गाडीसहित उनीहरूलाई पक्राउ गरेको हो । पछिल्लो समय बारामा मोटरसाइकल चोरी गर्नेहरुको बिगबिगी बढेको छ ।&nbsp;<br></p>