२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

धनुषा - DNS

रातु पुलमा नौ महीना नबित्दै भ्वाङ

२८ जेष्ठ २०७६, मंगलवार १०:५०

जेठ २८, बर्दिवास । पूर्वपश्चिम राजमार्गको रातु पुल प्रयोगमा आएको नौ महीना नबित्दै भत्कन थालेको छ । महोत्तरी र धनुषा जिल्ला जोड्ने उक्त  पुल प्रयोगमा आएको नौ महीना नबित्दै कालोपत्र (पिच) उप्केर ठूलठूला भ्वाङ परेको हो । 

काठमाडाँैको कालिका टू दी रसुवा जेवी कम्पनीले निर्माण गरेर गत असोजमा आवागमन खुला गराएको सो पुलमाथिको कालोपत्र उप्केर अहिले ठूलठूला भ्वाङ परेको हो । २५० मिटर  लम्बाइ र १०.९० मिटर चौडाइको यो पुलमा अहिले ५० भन्दा बढी ठूलठूला भ्वाङ परेको छ । 

विसं २०७६ पुस मसान्तसम्ममा निर्माण सम्पन्न गर्ने सम्झौता भएको यो पुल एक वर्ष चार महीनाअगावै निर्माण गरेकामा सबैले प्रशंसा गरेका थिए  तर पुल प्रयोगमा आएको नौ महीना नबित्दै धेरै भ्वाङ देखिएपछि निर्माणमा कमसल सामान प्रयोग भएको हुनसक्ने आशङ्का सर्वसाधारणमा बढेको हो ।

“धमाधम काम गरेर तोकिएको अवधि अगावै पूरा गर्दा खुशी थियौँ”, पुलको महोत्तरीतर्फको बर्दिवास नगरपालिका–१ का वडाध्यक्ष चुडामणि पोखरेलले भन्नुभयो, “तर आवागमन खुलेको एक वर्ष नपुग्दै धेरै खाल्डाखुल्डी भएका छन्, यसले कामको गुणस्तरमा प्रश्न उब्जाएको छ ।”

नदीको पुरानो पुल बाढीले भासिदिएकाले अर्को पुल निर्माणका लागि २०७३ साल असार २९ गते उक्त कम्पनीले ठेक्का पाएको थियोे । पूर्वपश्चिम राजमार्गको रातु नदीमा २०२६ सालमा बनेको पुल २०७१ सालको बाढीले खाँबा (पाया) भासिएकाले  आवतजावतमा कठिनाइ भएपछि  सरकारले रु २४ करोड ६० लाखको लागतमा नयाँ पुल निर्माणका उक्त कम्पनीको बोलपत्र स्वीकृत गरेको थियो । 

निर्माण कम्पनीले गुणस्तरीय काम नगरेको गुनासो बढेकामा निर्माण कम्पनीका साइट इञ्चार्ज कृष्ण ढुङ्गेलले भने आफ्ना तर्फबाट कमसल सामान प्रयोग गरेको नभई रङ्गरोगन गर्ने बेलाको असावधानीले कालोपत्र उप्केर भ्वाङ परेको बताउनुभयो । “हामीले रातदिन नभनी गुणस्तरीय निर्माण सामग्री प्रयोग गरेर नै पुल निर्माण गरेका हौँ”, पुलको भ्वाङ हेर्न पुग्नुभएका ढुङ्गेलले भन्नुभयो, “रङ्गरोगन गर्ने फरक कम्पनीले काम गर्दा ‘थिनर’ भनिने केमिकल (पदार्थ) बढी प्रयोग गरेकाले पिच उप्केर भ्वाङ परेको हुनसक्ने र त्यसको कारण पत्ता लगाई असर पु¥याएको केमिकल सफा गरेर उपयुक्त मात्रा मिलाएर तत्काल भ्वाङ पुर्छौं ।” 

आइगर्डर (प्रिस्टेस) डिजाइनबाट छ खण्डमा निर्माण गरिएको यो पुल दुई लेनको छ । यसमा १०÷१० टन भार क्षमताका दुई सवारी साधन एकसाथ आवतजावत गर्नसक्ने साइट इञ्चार्ज ढुङ्गेलले बताउनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य