२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

खोटाङ्ग - KTG

चट्याङप्रतिरोधी उपकरण जडान

२९ जेष्ठ २०७६, बुधबार ०५:१५

जेठ २९, खोटाङ । चट्याङबाट सुरक्षित रहनका लागि केपिलासगढी गाउँपालिकाको बाक्सिलाबजारमा चट्याङप्रतिरोधी उपकरण जडान गरिएको छ । गाउँपालिकाको रु दुई लाख र स्वीस सरकारद्वारा सञ्चालित सवल परियोजनाको रु दुई लाख ५३ हजार ५०० को सहयोगमा उपकरण खरीद गरेर जडान गरिएको हो ।

 गाउँपालिकामा जडान गरिएको चट्याङप्रतिरोधी उपकरणले ८०० मिटर टाढा खसेको चट्याङलाई आफूतर्फ तानेर जमीनभित्र निस्क्रिय(डिसपोज) गर्ने गाउँपालिका प्रमुख कृष्णकुमार राईले बताउनुभयो । “चट्याङले यस क्षेत्रमा वर्षेनी मानिस तथा पशुचौपायामा ठूलो क्षति गर्दै आएको छ”, उहाँले भन्नुभयो, “आगामी दिनमा चट्याङबाट हुने जनधनको क्षतिलाई न्यूनीकरण गर्न चट्याङप्रतिरोधी उपकरण जडान गरिएको हो ।”

जिल्लाको उत्तरी क्षेत्रमा पर्ने उक्त गाउँपालिका चट्याङको अति प्रभावित क्षेत्र भएकाले अन्य स्थानमा पनि क्रमशः थप उपकरण जडान गर्ने योजना रहेको जनाइएको छ । यसअघि चट्याङ  लागेर बाक्सिलाबजारमा सञ्चालन भएको नवौँ संस्करणको ‘बाक्सिला गोल्डकप’ फुटबल प्रतियोगिता हेरिरहेका एक दर्शकको घटनास्थलमै मृत्यु भएको थियो ।

 भौगालिकरूपमा दुर्गम क्षेत्र मानिने पूर्वीपहाडी जिल्ला खोटाङ चट्याङको अतिप्रभावित जिल्लामा पर्दछ । चट्याङले जिल्लामा सञ्चालित दुई रेडियो (रुपाकोट सामुदायिक रेडियो र हलेसी सामुदायिक रेडियो)मा वर्षेनी लाखौँको क्षति पु¥याउने गरेको रेडियो सञ्चालकले बताउँदै आएका छन् ।  चट्याङकै कारण उपकरणमा ठूलो क्षति पुगेपछि अहिले रुपाकोट सामुदायिक रेडियो बन्द रहेको छ । ऋण काढेर जडान गरिएको उपकरणमा चट्याङले वर्षेनी क्षति पु¥याएपछि रेडियो सञ्चालक हैरानीमा पर्दै आएका छन् । चट्याङले निरन्तर क्षति पु¥याएपछि यसअघि दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१३ नुनथलास्थित महुरेका स्थानीयवासीले भने आफ्नै लगानीमा उपकरण खरीद गरेर प्रत्येक घरमा अर्थिङ गरेका छन् । आफू बस्ने घरमा कम्तीमा अर्थिङ मात्र गरेपनि चट्याङको जोखिम कम हुने जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य