2026-07-10 07:21 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

समाज

‘बार्गेनिङ’गर्ने प्रहरी हवल्दारसहित तीन पक्राउ

2019-06-14

जेठ ३१, सिरहा | भन्सार छलेर अवैधरूपमा ल्याएको सामान छुटाइदिने भन्दै रकमको ‘बार्गेनिङ’गरिरहेको अवस्थामा प्रहरीले एक प्रहरी हवल्दारसहित तीन जनालाई पक्राउ गरेको छ ।

 सिरहाको गोलबजार नगरपालिका–४ निवासी रञ्जित साहले ज १ ज ४०२ नंको गाडीमा भारतबाट अवैधरूपमा ल्याएको सामान सिरहा नगरपालिका–७ स्थित ट्राफिकचोकस्थित चेकिङ प्वाइन्टमा छुटाइदिन्छु भन्दै बार्गेनिङ गरिरहेको अवस्थामा जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको प्रहरी टोलीले प्रहरी हवल्दार अशोककुमार यादवसहित गाडी चालक  शिवशङ्कर साह र रञ्जित साहलाई पक्राउ गरेको हो ।

ट्राफिक चोकमा ड्युटीमा खटिएका प्रहरी हवल्दार यादवले जाँच गर्ने क्रममा भारतको जयनगरबाट लुकाइछिपाई ल्याइएको करीब तीन हजारभन्दा बढी मूल्य बराबरको सामान छुटाइदिन्छु भन्दै सो गाडी चालक साहसँग निज प्रहरी हवल्दार यादवले रकमको बार्गेनिङ गरिरहेको अवस्थामा तीनै जनालाई पक्राउ गरी आवश्यक कानूनी कारवाही अघि बढाइएको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक अपिलराज बोहराले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्लाहीमा पनि एक युवाले गरे आत्मदाहको प्रयास​​​ रामेछापमा ट्रकको ठक्करबाट एक बालकको मृत्यु गणेश नेपाली आत्मदाह घटनामा माइतीघरमा सरकारविरुद्ध प्रदर्शन गणेश नेपाली आत्मदाह घटनाको छानबिन गर्न समिति गठन घाँटी चिच्याएर मात्रै हुँदैन, जनताको सेवा गर्छु भनेर मुखले बोलेर मात्र पुग्दैन: गृहमन्त्री गुरुङ गणेश नेपालीको मृत्यु सरकारप्रति जनतामा बढ्दो निरासा र असुरक्षाको भयावह संकेत: खुश्वु ओली आत्मदाह प्रयास गरेका गणेश नेपालीको मृत्यु गणेश नेपालीको मृत्युको जिम्मेवारी सरकारले लिनुपर्छ: नेकपा अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने एक जना पक्राउ अक्सिजन सिलिन्डर विस्फोट हुँदा एक जनको मृत्यु प्रतिनिधिसभा बैठक बस्दै राष्ट्रपति पौडेलद्वारा चार विधेयक प्रमाणीकरण सुनचाँदीको मूल्य बढ्यो खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट