2026-09-19 12:41 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

दगातुन्डाडा गाविसलाई साक्षर गाविस घोषणा, गाविस भित्रका ९७ प्रतिशत भन्दा वढि साक्षर

कमल पौडेल /फागुन १८, बागलुङ (खर्वाङ) । बागलुङका स्थानिय विकास अधिकारी तथा जिल्ला शिक्षा समितिका अध्यक्ष भरत गौतमले शिक्षाले व्यावहार परिवर्तन गर्ने भएकोले शिक्षा व्यावहारिक हुनु पर्ने वताउनु भएको छ । विद्यार्थीका हरेक प्रतिभा शिक्षा मार्फत प्रस्फुटित हुने भन्दै विद्यालयले संचालन गर्ने विभिन्न कृयाकलापले विद्यालयको प्रतिभा वृद्धि हुने वताउनु भएको छ। आज खर्वाङमा भएको दगातुन्डाडा गाविसलाई निशुल्क तथा अनिवार्य आधारभुत शिक्षा एवं साक्षर गाविस घोषणा कार्यक्रमको उद्घाटन गर्दै गौतमले इलाका स्तरीय योजना तर्जुमा गोष्टिले प्राथमिकिकरण गरेका सम्पूर्ण योजना जिल्ला परिषद्वाट छनौट गरिएको जानकारी दिनुभएको छ।

baglung 1

त्यस्तै कार्यक्रममा सम्वोधन गर्दै सहायक जिल्ला शिक्षा अधिकारी कुश्मराज उपाध्यायले अक्षराङ्कन पद्धती विश्वकै उत्कृष्ट पद्धति भएकोले नेपालमा पनि लागु गरिएको जानकारी गराउँदै, विद्यार्थीहरुले थप मिहनेत गर्नुपर्ने वताउनु भएको छ। उपाध्यायले शिक्षा संग सम्वन्ध राख्ने सवै निकाय क्रियाशिल हुने पर्ने समेत वताउनु भएको छ। कार्यक्रममा विद्यालय निरिक्षक प्रकाश ओझा, नेपाली काग्रेसका सुवेदार रत्न वहादुर क्षेत्रि, नेकपा एमालेका रेम वहादुर भुजेल, एकिकृत नेकपा माओवादीका नारायण धिताल, राष्ट्रिय जनमोर्चाका भिमलाल पोखरेल, शिक्षा समितिका विष्णु प्रसाद भुसाल, भिमगिठे उमावि का प्राचार्य सागर खरेल, भानु उमावि ग्वालीचौरका प्राचार्य केशव खरेल, रत्नलक्ष्मी उमावि रिघा का प्राचार्य दामोदर तिमिल्सिना, त्रिभुवन उमावि का प्राचार्य ढालमणि भण्डारी, विद्यालय व्यावस्थापन समितिका अध्यक्ष को तर्फवाट खड्क देवि उमावि का अध्यक्ष निम बहादुर भुजेल, भगवति प्राविका प्रधानाध्यापक तेज वहादुर अर्याल, खड्क देवि उमाविका छात्र विसाल दर्लामी, त्रिभुवन उमावि का छात्रा निर्मला भुजेल लगाएतले शुभकामना मन्तव्य तथा प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।

baglung 3

कार्यक्रममा श्रोत व्याक्ति रामानन्द कँडेलले प्रतिवेदन, शिक्षा समितिका सदस्य मित्र वहादुर पुनले कार्यक्रमको वारेमा जानकारी गराउनु भएको थियो । कार्यक्रम गाउँ शिक्षा समितिका अध्यक्ष एवं गाविस सचिव तथा अध्यक्ष गिता पौडेलको अध्यक्षता, खड्क देवि उमाविका प्राचार्य एवं शिक्षा समिति सचिव वेद प्रसाद पोखरेलको स्वागत मन्तव्य तथा त्रिभुवन उमावि खर्वाङका शिक्षक कमल पौडेलको संचालनमा सम्पन्न भएको थियो । कार्यक्रम दगातुन्डाडाको विभिन्न स्थान वाट आएका शिक्षा सम्वन्धि विभिन्न प्लेकार्ड वोकेको र्यालीले खर्वाङ वजारको परिक्रमा गरी त्रिभुवन उमाविमा सभामा परिणत भएको थियो ।

baglung

दगातुन्डाडाका १५ देखि ६० वर्ष सम्मको ४ हजार ५७ जनसंख्या मध्ये १२५ जना वाहेक सवै अर्थात ९७.९२ प्रतिशत मानिस साक्षर भएपछि गाविसलाई साक्षर गाविस घोषणा गरिएको हो । घोषणा सभामा विभिन्न साँस्कृतिक कार्यक्रम समेत प्रस्तुत गरिएको थियो भने गाविस लाई साक्षर वनाउन योगदान गर्ने, सहयोगी संस्था, व्याक्तिहरुलाई सम्मान समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई