2026-09-14 12:54 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई एक करोड अनुदान प्रदान

 जेठ ३१,गलकोट  । कृषिको उत्पादन र उत्पादकत्व अभिवृद्धिका लागि बागलुङ र पवर्तका साना तथा मझौला फार्मलाई रु एक करोड अनुदान प्रदान गरिइएको छ । 

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्र, बागलुङले ती दुबै जिल्लाका कृषि, पशुपक्षी, तरकारी तथा मत्स्यसंग सम्बन्धित ३७ वटा साना तथा मझौला फार्मलाई सो अनुदान प्रदान गरिएको हो । 

कृषिजन्य तथा पशुजन्य उत्पादनमा जिल्लालाई आत्मनिर्भर बनाउने उद्देश्यले चालू आर्थिक वर्षमा गण्डकी प्रदेश सरकार, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले विनियोजन गरिएको बजेटअनुसार सो अनुदान रकम प्रदान गरिएको केन्द्रका वरिष्ठ पशु विकास अधिकृत डा नारायणप्रसाद शर्माले जानकारी दिनुभयो । 

“अनुदानको मापदण्ड अनुसार ३७ वटा फार्मलाई स्वीकृत गरेका हौँ”, शर्माले भन्नुभयो, “यो वर्ष छुटेका फार्महरुलाई अर्को वर्ष पुनः मूल्याङ्कन गरिनेछ ।” 

शर्माका अनुसार फार्म स्वीकृत हुनेमा २६ वटा बागलुङ र ११ वटा पर्वत जिल्लाका छन् । त्यस्तै चार वटा फार्म वैकल्पिकमा परेका छन् । ती फार्महरुलाई न्यूनतम रु दुई लाख ५० हजारदेखि अधिकतम रु चार लाखसम्म अनुदान रकम प्रदान गरिएको उहाँले बताउनुभयो । 

बागलुङको पर्यटन गुरुयोजना बन्दै

जिल्लाको पर्यटन विकासका लागि गुरुयोजना निर्माणको काम अघि बढाइएको छ । 

बागलुङ पर्यटन विकास समितिले गुरुयोजनाको प्रस्तावपत्र गण्डकी प्रदेश उद्योग, पर्यटन, वन तथा वातावरण मन्त्रालयमा बुधबार पेश गरेको छ ।

गुरुयोजनासँगै जिल्लाको पर्यटन क्षेत्रको वस्तुगत अवस्था झल्काउने वृत्तचित्र (प्रोफाइल) पनि बनाइने समितिका सचिव अर्जुन चोखालले बताउनुभयो । “गुरुयोजना र वृत्तचित्र दुवैको प्रस्तावपत्र पर्यटनमन्त्री विकास लम्साललाई बुझाएका छौँ”, सचिव चोखालले भन्नुभयो, “बजेटको प्रतिबद्धता आएको छ ।”

गत फागुनमा पर्यटन गुरुयोजनाबारे मन्त्री लम्सालको उपस्थितिमा सरोकार भएका पक्षबीच बागलुङमा बृहत् अन्तरक्रिया भएको थियो । सबैको सुझावका आधारमा प्रस्तावपत्र तयार पारेको समितिले जनाएको छ । आउँदो वर्षभित्र गुरुयोजना तयार हुनेछ ।

“बागलुङको पर्यटन विकासको भावी खाका र योजना गुरुयोजनामा समेटिन्छ”, समितिका अध्यक्ष राजु खड्काले भन्नुभयो, “गुरुयोजनामा टेकेर निजी र सार्वजनिक क्षेत्रले पर्यटनमा काम गर्नेछन् ।”

आगामी १५ वर्षसम्मको कार्ययोजना गुरुयोजनाभित्र समेटिनेछ । विज्ञ, पर्यटन व्यवसायी, सरकारी संयन्त्रदेखि सरोकारवालाको सुझावमा गुरुयोजनालाई पूर्णता दिइनेछ । गुरुयोजना तयारीकै लागि समितिले जिल्लाभर रहेका पर्यटकीय गन्तव्यस्थलको वस्तुगत विवरण सङ्कलनको काम शुरु गरेको छ । 

समितिले बागलुङलाई पर्यटकीय जिल्लाका रुपमा घोषणा गर्न पनि पहल थाल्ने बताएको छ । जिल्लाको पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले गत वर्ष असारमा समिति गठन भएको थियो । यसअघि एकीकृत ढङ्गले पर्यटनको काम गर्ने संस्थाको अभाव थियो । 

सरकारी निकाय र स्थानीय तहसँग सहकार्य गर्दै अघि बढ्ने समितिको तत्कालीन कार्ययोजना छ । समितिले धार्मिक, सांस्कृतिक र ऐतिहासिक सम्पदाको संरक्षण तथा पुनःनिर्माणमा समन्वयकारी भूमिका खेल्नेछ ।

पर्यटन विकासको चर्को बहस शुरु भए पनि यतिका वर्षसम्म बागलुङको पर्यटन गुरुयोजनासमेत बन्न सकेको थिएन । गुरुयोजना नुहँदा पर्यटनमा बजेट र कार्यक्रम ल्याउन सहज थिएन ।

“अब पर्यटन गुरुयोजना बन्ने टुङ्गो लागेको छ”, बागलुङका प्रदेशसभा सदस्य चन्द्रबहादुर बुढा ‘सागर’ ले भन्नुभयो, “पर्यटन क्षेत्रको दिगो र एकीकृत विकासमा सबै केन्द्रित हुनुपर्छ ।” सङ्घ र प्रदेश दुवै सरकारले बागलुङको पर्यटन क्षेत्रको विकासमा लगानी बढाएका छन् ।

आउँदो आर्थिक वर्षका लागि सङ्घीय सरकारले जिल्लाका धार्मिक तथा पर्यटकीय गन्तव्यस्थलको विकासका लागि रु पाँच करोड बजेट छुट्याएको छ । सरकारले सूचीकृत गरेका एक सय गन्तव्यमा ढोरपाटन, कालिका भगवती मन्दिर, पञ्चकोट, भकुण्डे, गाजा दहलगायत छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ