२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

इलाम - ILM

प्रदेश–१ मा ‘म अघि बढ्छु’ अभियानको तयारी

३२ जेष्ठ २०७६, शनिबार ०७:४०

जेठ ३२, भद्रपुर । देश नं १ सरकारले १३ देखि १९ वर्ष उमेरका विद्यार्थीलाई चरित्रवान, सिर्जनशील, सकारात्मक एवं सामाजिक रुपमा उत्तरदायी बन्न प्रेरित गर्ने उद्देश्यले ‘म अघि बढ्छु’ नामक अभियान शुरु गर्ने भएको छ । प्रदेशका माध्यमिक तहका दुई हजार विद्यालयमा कक्षा ९ देखि १२ सम्म अध्ययनरत एक लाख ९७ हजारभन्दा बढी विद्यार्थीलाई सहभागी गराइने सो कार्यक्रम प्रदेश नं १ सरकारले सञ्चालन गर्ने बृहत् कार्यक्रम हुनेछ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री हिक्मत कार्कीले ‘म अघि बढ्छु’ भन्ने अभियान चालू आर्थिक वर्षमै ‘ड्रिम प्रोजेक्ट’का रुपमा शुरु हुने बताउनुभयो । उहाँले दुव्र्यसनमुक्त, नैतिकवान र देशभक्तिले ओतप्रोत नागरिक तयार पार्न किशोरावस्थामै राज्यले उचित शिक्षा दिनुपर्छ भन्ने सोचका आधारमा प्रदेश सरकारले चालू आर्थिक वर्षबाटै कार्यक्रम शुरु गर्ने गरी सगरमाथा टिन्स क्लब (एसटीसी) सञ्चालन तथा व्यवस्थापन कार्यविधि–२०७६ लागू गरेको जानकारी दिनुभयो । 

अभियानअन्तर्गत सबै विद्यालयमा १५ सदस्यीय ‘सगरमाथा टिन्स क्लव (एसटीसी)’ गठन गरिने कार्यविधिमा उल्लेख छ भने लक्षित उमेर र कक्षाका सबै छात्रछात्रा अनिवार्य सदस्य बन्नेछन् । क्लबमार्फत विद्यार्थीलाई साताको एक दिन नैतिक शिक्षा, देशभक्ति, स्वयंसेवा, विपत् व्यवस्थापन, सकारात्मक चिन्तनसहितका विभिन्न विषयमा पठनपाठन गराइने छ । पढाउनका लागि हरेक विद्यालयमा एक जना शिक्षकलाई ‘शिक्षक नायक’को जिम्मेवारी दिइने भएको छ । 

प्रदेशमा आन्तरिक मामिला तथा कानूनमन्त्रीको संयोजकत्वमा पाँच सदस्यीय निर्देशक तथा अनुगमन समिति, जिल्लामा प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा १४ सदस्यीय जिल्लास्तरीय अनुगमन समिति र स्थानीय तहमा नगरपालिका प्रमुख वा गाउँपालिका अध्यक्षको संयोजकत्वमा १८ सदस्यीय स्थानीय तहस्तरीय समन्वय तथा सहजीकरण समिति गठन गरिने छ । 

हरेक विद्यालयमा प्रधानाध्यापकको संयोजकत्वमा सात सदस्यीय विद्यालय तहको कार्यक्रम कार्यान्वयन समिति गठन गरिने र विभिन्न विषयका विज्ञ एवं सेलिब्रेटीलाई ल्याएर विद्यालयमा उत्प्रेरणामूलक कक्षा सञ्चालन गरिने छ । आन्तरिक मामिला तथा कानून मन्त्रालयका सचिव भरतमणि रिजालले विद्यालयमा आधारित सचेतना र जागरणमूलक यो कार्यक्रमले विद्यार्थीलाई असल मार्गमा अघि बढ्न अभिप्रेरित गर्ने आशा गरिएको बताउनुभएको छ । 

झापाका प्रमुख जिल्ला अधिकारी जनकराज दाहालले प्रदेश सरकारले लागू गरेको सगरमाथा टिन्स क्लब (एसटीएस) सञ्चालन तथा व्यवस्थापन कार्यविधिबमोजिम जिल्लाका १५ वटै तह र सबै माध्यमिक विद्यालयमा ‘म अघि बढ्छु’ अभियान लैजाने तयारी भइरहेको जानकारी दिनुभएको छ । 

आन्तरिक मामिला तथा कानूनमन्त्री कार्कीको उपस्थिति र प्रजिअ दाहालको अध्यक्षतामा शुक्रबार झापा जिल्ला प्रशासन कार्यालयमा अभियानको जिल्लास्तरीय अनुगमन समितिको पहिलो बैठक सम्पन्न भएको सहायक प्रमुख जिल्ला अधिकारी माधवप्रसाद पोखरेलले जानकारी दिनुभयो । 

प्रदेश सरकारद्वारा नियुक्त कार्यक्रम संयोजक नवराज राईले विद्यालयमा गठन हुने हरेक क्लबलाई बीउ पूँजीको रुपमा प्रदेश सरकारले बैंक खातामा रु पाँच हजार जम्मा गरिदिने भएको छ । नेपाल पत्रकार महासङ्घ झापाका अध्यक्ष तारामणि सापकोटाले प्रदेश सरकारले ल्याउन लागेको ‘म अघि बढ्छु’ अभियान अत्यन्त राम्रो भएको बताउनुभएको छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ