सरकारले देशमा ल्याएको नयाँ अवधारणाअनुरुप प्रत्य"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... सरकारले देशमा ल्याएको नयाँ अवधारणाअनुरुप प्रत्य"/>
2026-09-08 03:33 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

ललितपुर - LLT

गोदावरीमा प्राविधिक कलेजको शिलान्यास

जेठ ३२, ललितपुर | गोदावरी नगरपालिका वडा २ विशङ्खुमा प्राविधिक कलेजको भवन निर्माणको शिलान्यास गरिएको छ । प्रतिनिधिसभा सदस्य नवराज सिलवालले पहिलो चरणमा निर्माण हुन लागेको चार तले भवनको शिलान्यास गर्नुभयो । सरकारले देशमा ल्याएको नयाँ अवधारणाअनुरुप प्रत्येक स्थानीय निकायमा अनिवार्य एक प्राविधिक शिक्षालय हुनुपर्ने व्यवस्थाअनुसार गोदावरीका स्थानीय विद्यार्थीलाई नगरभित्रै सो अध्ययनको व्यवस्था गराउन सेवासुविधाका साथ यस अवधारणा अघि बढेको हो ।

सिलवालले सो कलेज निर्माणको कार्य पूर्ण गर्न कन्द्रीय तहबाट आवश्यक बजेट दिलाउने प्रतिबद्धता व्यक्त गर्नुभयो । उहाँले भन्नुभयो, “गोदावरीको थप विकासमा यस कलेजले महत्वपूर्ण भूमिका निर्वाह गर्नेछ । त्यसैले सो कार्यप्रति हामी ज्याँदै खुशी भएका छौं । प्रदेशसभा सदस्य लालकुमारी पुनले प्रदेश सरकारबाट विद्यालय भवन निर्माणका लागि बजेट सहयोग गर्ने विश्वास दिलाउनुभयो । आर्थिक वर्ष २०७५/७६ विनियोजित रु एक करोडबाट भवन निर्माणको कार्य शुरु गरिने गोदावरी नगरपालिका प्रमुख गजेन्द्र महर्जनले जानकारी दिनुभयो ।

“आउँदो नगरसभामा अपुग भएको रकम विनियोजन गर्ने छौं”, महर्जनले भन्नुभयो, “नगरपालिकाबाट प्रदेश र केन्द्र सरकारसँग बजेट माग गर्ने योजना अघि बढाउने छौँ ।” नगरपालिकाले कलेज निर्माणका लागि रु २० करोड रकम खर्च हुने अनुमान गरेको बताइएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ