असार १, काठमाडौँ | खाने मान्छेलाई जुँगाले छेक्दैन भनेजस्तै, इच्छा आकांक्षा जोस र जागर जुट्यो भने, उधामशिलताको मुहान फुट्छ |उधोग ब्यापार पैसाले मात्र होइन ‘सोच र बिचारले अगाडी बढाउछ | संसारका अधिकांश उधमी ब्यापारी र सफल व्यक्तिहरु पैसाको आडमा माथि उठेका होइनन , सोच र विचार,श्रम र परिश्रमले सफल भएका हुन् जबकी असक्षम मान्छेले आफ्नो अकर्मण्यतालाई गुनासोमा पोख्छ |
स्वरोजगारको ढोकाउघार्न , दुईतिन वटा चिजको आवस्यकता पर्ने, श्रमको सम्मान गर्ने धैर्यधारण गर्ने ,जेकाम गरेपनि आफ्नो बस्तुलाई धैर्यतापुर्वक पस्कने र त्यही बस्तुको इज्जतबाट आफ्नो-आफ्नो पेसालाई सम्मानित गराउने, यो कला सिक्यो भने जोकोहि उधमी बन्न सक्छ | उधमशिलता टुप्पोमा पलाउदैनन् | बिचारको बिउबाट बोट उम्रन्छन |
देशमा कामछैन ,ब्यापारगर्न पैसा छैन भनेर अधिकांश युबाहरु आजकल आफ्नो जग्गा बेचेर ऋण समेत लिएर ,बिदेशमा मजदुरी गर्नजान्छन ,जबकी कम शिक्षित वा औपचारिक शिक्षा नभएका व्यक्तिहरुले समेत उधोग ब्यापार गरेर मनग्गे आम्दानी गरिरहेका छन् | यही कटुक सत्यलाई ध्यानमा राखी अघि बढेमा पक्कै पनि सफलताको शिखरमा पुग्ने निश्चित छ | अहिले दिनहु आधारभूत आबस्यकता जस्तै बनेका खाजा पसल ,सडकको छेउमा चली रहेका ठेलागाडाहरु प्रसस्त आम्दानीका श्रोत बनेका छन् |
घुम्ती पसल घुम्ती तरकारी पसल, मोबाइल पसल ,दुध किनबेच ,पानीपुरी र चटपटे व्यापार सहरी क्षेत्रमा राम्रो संग आम्दानि गरिराखेका छन् | त्यस्तै ग्रामिण क्षेत्रहरुमा खसी बाख्र किनबेच ,खरायो पालन ,घरेलु चकलेट , च्याउ खेति ,होम स्टे पर्यटन ,मैन-अगरबत्ती उत्पादन ,पुष्प व्यवसाय माहुरी पालन यस्ता थुप्रै साना व्यापार व्यवसाय गरेर स्वदेशमै बसी राम्रो आम्दानि गर्न सकिन्छ |