२०८३, १८ जेष्ठ सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

प्रधानमन्त्री रोजगार कार्यक्रम झार उखेल्न देखि बाँदर लखेट्न मै !

२०७६, २ असार सोमबार ०५:५९

असार २, काठमाडौँ | सरकारले बेरोजगारी समस्या हटाउने  भनेर यस वर्षबाट कार्यान्वयनमा ल्याइएको प्रधानमन्त्री रोजगार कार्यक्रम झार  उखेल्न,सडकका पशु चैपाया हटाउनमै  प्रधानमन्त्री रोजगार कार्यक्रम कार्यान्वयन भइरहेको छ |

बेरोजगारी हटाउने उद्देश्यले सरकारले ल्याएको यो कार्यक्रम बाट कुन वर्ग लाभान्वित भइरहेको छ र कसरी कार्यान्वयन भएको छ भन्ने प्रस्ट भएको छ  । सरकारले गत फागुन १ गते प्रधानमन्त्री रोजगार कार्यक्रमको  घोषणा गरेको थियो । चालु आर्थिक वर्षमा ३ अर्ब रुपैयाँ छुट्याइएको कार्यक्रममा आगामी वर्ष दुई अर्ब थपेर ५ अर्ब रुपैयाँ विनियोजन गरिएको छ ।

तर, चालु आर्थिक वर्षमा छुट्याइएको बजेट नै सदुपयोग हुन सकेको छैन । बाँदर लखेट्नेदेखि झार उखेल्नेजस्ता काममा सरकारी ढुकुटी खर्च गरिएको छ ।

हातमा बेल्चा समाउँदै हेलमेट र राता टल्कने ज्याकेट लगाएर झार उखेलिरहेका तस्वीरहरु यतिबेला सामाजिक सञ्जालमा ‘भाइरल’छन् । गोरेटो बाटो बनाउन स्थानीय तहले यही कार्यक्रम अन्तर्गतको बजेट खर्च गरेको भन्दै आलोचना पनि भएको छ । जनश्रमदानबाट हुने कामहरुमा पनि सरकारले राज्यकोषबाट खर्च गरेको छ ।

चालु आर्थिक वर्षको अन्तिम महिनामा यो कार्यक्रमका लागि अधिकांश गाउँपालिकाहरुले भर्खर कार्यक्रम छनोट गर्दैछन् । तर, अधिकांश स्थानीय तहका कार्यक्रम एकैखालका छन् । विशेष गरी सडकका योजनामा कार्यक्रम केन्द्रित छन् । सडक मर्मत गर्ने, नाला बनाउने, ढुंगा बिछ्याउने लगायतको कामलाई धेरै स्थानीय तहले यो कार्यक्रमभित्र समेटेका छन्, र बेरोजगारको सुचीमा दर्ता भएका थोरै व्यक्तिलाई रोजगारी दिइएको छ ।

कुलो मर्मत गर्ने, मठमन्दिर र सामुदायिक भवन तथा सार्वजनिकस्थल सरसफाइ गर्ने बाँदर लखेट्ने कामका लागि पनि यो बजेट खर्च हुँदैछ । ढल सफा गर्ने , फोहोर फाल्ने झार उखेल्ने सडक सफा गर्ने,पशु चैपाया लखेट्ने  काममा  स्थानीयलाई रोजगारी भन्दै खर्च गरिरहेका छन्  | 




प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी