२०८२, १३ चैत्र शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

खर्वाङमा १६ जनाको मोतियाविन्दुको अप्रेशन गरियो

२०७२, २५ फाल्गुन मंगलवार १३:१५

कमल पौडेल/ फागुन २५, बागलुङ (खर्वाङ) ।  हिमालय आँखा अस्पताल पोखराको प्राविधिक सहयोग, नेपाल रेडक्रस सोसाईटि खर्वाङ उपशाखाको स्थानिय व्यावस्थापन, लायन्स क्लव अफ धौलागिरि, लायन्स क्लव अफ बागलुङ कालिका, लायन्स क्लव अफ बागलुङ सिटिको सह आयोजना तथा नेपाल नेत्र ज्योती संघ बागलुङको आयोजना मा संचालित ३ दिने निशुल्क मोतियाविन्दु शल्यक्रिया शिविर खर्वाङमा सम्पन्न भएको छ ।
motiya bindu 1शिविरमा १६ जना विरामीको मोतियाविन्दुको शल्यक्रिया गरिएको तथा ४ सय वढि विरामीको आँखा जाँच गरिएको नेपाल रेडक्रस सोसाईटि खरवाङ उपशाखाका सभापति विष्णु प्रसाद भुसालले जानकारी दिनुभएको छ। गुल्मी तथा बागलुङका विभिन्न गाविसका विरामीहरुले सेवा लिएको आयोजकले जनाएको छ। मोतिया विन्दुको शल्यक्रिया गरेकी गुल्मी मुसिकोट ६ कि ९३ वर्षिया वाल कुमारी सारुले वुढेसकालमा आँखा देख्न पाएको भन्दै खुसि व्यक्त गरिन् । जिवनको कल्कलाउँदो उमेरमै मोतिया विन्दुको संक्रमणमा परेका गुल्मी पौंदिअमराई ६ का १४ वर्षिय कृष्ण रावलले शल्यक्रिया पछि खुसि व्यक्त गर्दै अव आफ्नो पढाईमा ध्यान दिने वताए । उता वुर्तिबाङ ९ घोसाखानीका नर वहादुर वि.क. र उनकि श्रीमति राम मति वि.क. दुवै जनाको मोतिया विन्दुको शल्यक्रिया भएपछि निकै खुसि भएको अनुभव साटे ।

motiya bindu
यसै विच आज विहान भएको औपचारीक शल्यक्रिया उद्घाटन कार्यक्रममा नेपाल नेत्र ज्योति संघ बागलुङका अध्यक्ष ध्रुव वहादुर केसिले सन् २०२० सम्ममा नेपाल वाटै अन्धोपन निवारण गर्ने अभियान जारी रहेको वताउनु भएको छ। अझै पनि वालवालिकामा हुने आँखाको समस्या वाहिर आउन नसकेको भन्दै वालवालीकाको आँखामा ख्याल गरिदिन अभिभावकहरुलाई आग्रह समेत गर्नुभएको छ । कार्यक्रममा लायन्स क्लव को तर्फवाट लायन्स क्लव अफ वागलुङ कालिकाका अध्यक्ष नरेश कँडेल, दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष गिता पौडेल, लगाएतले कार्यक्रम सफलताको शुभकामना व्यक्त गर्नुभएको थियो । कार्यक्रम नेपाल रेडक्रस सोसाईटि दगातुन्डाडा उपशाखाका सभापति विष्णु प्रसाद भुसालको अध्यक्षता तथा सचिव होमनाथ अर्यालको संचालनमा सम्पन्न भएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
काठमाडौँलगायत विभिन्न जिल्लामा चट्याङसहित वर्षा पूजापाठ गरेर बालुवाटार प्रवेश गरे प्रधानमन्त्री बालेन शाह हामीले जनताका बीचमा गरेको बाचा पूरा गरेका छौँ: रवि लामिछाने सुशीला कार्कीद्वारा प्रधानमन्त्री बालेन्द्र शाहलाई बधाई मन्त्रिपरिषद् बैठक सुरु बालेन्द्र शाहले सम्हाले प्रधानमन्त्रीको जिम्मेवारी नवनिर्वाचित सरकारको पहिलो मन्त्रिपरिषद् बैठक बस्दै कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्छौं : गृहमन्त्री गुरुङ नवनियुक्त गृहमन्त्री सुधन गुरुङले गरे पदभार ग्रहण अर्थमन्त्री वाग्लेको पहिलो निर्णय: राजस्व अनुसन्धानसहित १५ विभाग खारेज गर्ने महानगरमा जस्तै देशभर शैक्षिक सुधार गर्नेछौँ : सस्मित पोखरेल देउवाले दिए बालेन्द्रलाई बधाई नवनियुक्त १४ मन्त्रीहरुले पनि लिए सपथ शपथअघि शीतल निवासमा ब्राह्मणहरुद्वारा शंखनाद र स्वस्तीबाचन प्रधानमन्त्री बालेन्द्र शाहको पद तथा गोपनीयताको शपथ ग्रहण समारोह सुरू रास्वपाले टुंग्यायो १५ मन्त्री सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? बालेन शाहले आज प्रधानमन्त्रीको शपथ लिँदै इरानप्रति नरम बन्दै ट्रम्प, थप १० दिन आक्रमण स्थगन घाँटीमा मासुको चोक्टा अड्किँदा एक जनाको मृत्यु