कमल पौडेल/फागुन २५, बागलुङ (खर्वाङ) । नेकपा एमाले जिल्ला कमिटि बागलुङका उपाध्यक्ष तथा व्यावस्थापिका संसदका सदस्य नर वहादुर थापाले नयाँ संविधान ठूलो मिहनेतका साथ वनेको र सवैको अधिकार स्थापित गर्ने प्रयास गरेको ले कार्यान्वयनमा लैजानु पर्ने वताउनु भएको छ।
देश अफ्ट्यारो मा परेको वेला राष्ट्रियता माथि धावा वोल्नेलाई चिन्नु पर्ने भन्दै राष्ट्रिय एकताको लागी आह्वान गर्नुभएको छ। आज रिघा फेंदि प्रावि रिघा ९ बागलुङको विद्यालय भवनको सिलन्यास गर्दै थापाले स्थानिय जनप्रतिनिधि नहुँदा काम गर्न अफ्टेरो भएको गुनासो समेत गर्नुभएको छ। कार्यक्रममा नेपाल नेत्र ज्योती संघ बागलुङका अध्यक्ष ध्रुव केसि, शिव उमावि स्रोत केन्द्रका श्रोत व्याक्ति दिनेश पन्त, कृषि विकास समिति रिघाका अध्यक्ष डम्वर श्रीस लगाएतले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो ।
कार्यक्रम रिघा फेंदि प्रावि विद्यालय व्यावस्थापन समितिका अध्यक्ष नेत्र वहादुर कुमालको अध्यक्षता, प्रधानाध्यापक झलक वहादुर कुमालको स्वागत मन्तव्य तथा स्थानिय डोल वहादुर कुमालको संचालनमा सम्पन्न भएको थियो ।
फोटोः २ लेखिएका सवै