२०८३, ११ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

२०७६, ३ असार मंगलवार १०:३८

 असार ३, गलकोट । बागलुङको गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८५ लाई रोजगारी दिएको छ । 

पारिश्रमिकमा आधारित अल्पकालीन रोजगारी कार्यक्रमअन्तर्गत नगरपालिकाका ११ वडाबाट १८५ लाई रोजगारी प्रदान गरिएको गलकोट नगरपालिकाले जनाएको छ । रोजगारीका लागि नगरपालिकामा एक हजार २७५ सूचीकृत रहेकोमा ज्ञान, सीप, क्षमता तथा आयस्तरलाई आधारमानी जम्मा १८५ लाई छनोट गरिएको हो । 

“बेरोजगारको सूचीलाई आधार मानेर रोजगारीका लागि छनोट गरेका हौँ”, नगरप्रमुख भरत शर्मा गैरले भन्नुभयो, “बेरोजगार भई घरमै बसेका युवा युवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत मिलेको छ ।” प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न गलकोट नगरपालिकामा प्राप्त रु ३८ लाख बजेटबाट इञ्जिनीयरिङ ‘स्टिमेट’को आधारमा नगरपालिकाभित्रका सम्पूर्ण वडामा रु दुई लाखदेखि रु पाँच लाखसम्म बजेट विनियोजन गरिएकोे छ । विनियोजित बजेटको ७० प्रतिशत ज्याला र ३० प्रतिशत सामान खरीदको लागि खर्च गरिने नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाएकाले सडक मर्मत, बाटोघाटो निर्माण तथा सरसफाइमा सहभागी हुनेछन् । काम पाउनेले २१ दिनसम्म ज्यालामा बिहान १० देखि बेलुका ५ बजेसम्म वडा वडामा समूह निर्माण गरेर काम गर्ने नगरपालिकाका रोजगार संयोजक ममता बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार रोजगारमा सहभागी महिला तथा पुरुषले समानरुपमा दिनको रु ७०० ज्याला पाउनेछन् ।

बुढाथोकीले भन्नुभयो, “आगामी दिनमा नगरमा सूचीकृत भएका सबै बेरोजगारलाई रोजगारमा समावेश गराउने योजनामा छौँ ।” रोजगार कार्यक्रममा सहभागीलाई विकास निर्माणको लागि आवश्यक पर्ने सुरक्षा पोशाक, गैची, बेल्चालगायतका औजार प्रदान गरिएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
संसद स्थगनका वास्तविक कारण सार्वजनिक गर्न कांग्रेसको माग तनहुँमा बस दुर्घटना अपडेट : दुई जनाकाे मृत्यु, २७ घाइते वास्तविक सुकुम्बासी र अतिक्रमणकारी छुट्याउँछौं: प्रधानमन्त्री शाह सुकुम्बासी बस्ती हटाउन जबरजस्ती बल प्रयोग हुँदैन: शिक्षामन्त्री पोखरेल कांग्रेस संसदीय दलको नेता चयन प्रक्रिया स्थगित पोखराबाट भैरहवाका लागि छुटेको बस तनहुँमा दुर्घटना संसदीय दलको विधान परिमार्जन गर्ने कांग्रेसको निर्णय शनिबार बिहानैदेखि सुकुम्बासी बस्तीका घर टहरा भत्काइने रास्वपा कार्यालयमा सुकुम्बासी मोर्चाका नेताहरूले ज्ञापनपत्र बुझाएर फर्किए पूर्वराजा ज्ञानेन्द्र शाह पोखरामा रास्वपा कार्यालयमा सुकुमवासीहरू जाने भएपछि सुरक्षा व्यवस्था कडा विरोध प्रदर्शनमा उत्रिए सुकुम्बासी कांग्रेस संसदीय दलको नेता चयन आज सुनचाँदीको मूल्यमा गिरावट मोटरसाइकलले ठक्कर दिँदा ५ वर्षीय एक बालिकाको मृत्यु सरकारको सिफारिसमा राष्ट्रपतिले गरे संसद् अधिवेशन स्थगित काठमाडौँ उपत्यका वायु प्रदूषण बढ्यो अवैध लागुऔषध गाँजासहित एक जना पक्राउ संविधान संशोधन बहसपत्र तयार गर्ने कार्यदलको बैठक जारी नेप्से परिसूचक १७.०१ अंकले घट्यो