२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बाग्लुङ्ग - BGL

गलकोटमा प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ

३ असार २०७६, मंगलवार १०:३८

 असार ३, गलकोट । बागलुङको गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमको शुभारम्भ गरेको छ । गलकोट नगरपालिकाले प्रधानमन्त्री रोजगार कार्यक्रमअन्तर्गत १८५ लाई रोजगारी दिएको छ । 

पारिश्रमिकमा आधारित अल्पकालीन रोजगारी कार्यक्रमअन्तर्गत नगरपालिकाका ११ वडाबाट १८५ लाई रोजगारी प्रदान गरिएको गलकोट नगरपालिकाले जनाएको छ । रोजगारीका लागि नगरपालिकामा एक हजार २७५ सूचीकृत रहेकोमा ज्ञान, सीप, क्षमता तथा आयस्तरलाई आधारमानी जम्मा १८५ लाई छनोट गरिएको हो । 

“बेरोजगारको सूचीलाई आधार मानेर रोजगारीका लागि छनोट गरेका हौँ”, नगरप्रमुख भरत शर्मा गैरले भन्नुभयो, “बेरोजगार भई घरमै बसेका युवा युवतीलाई प्रधानमन्त्री रोजगार कार्यक्रमले राहत मिलेको छ ।” प्रधानमन्त्री रोजगार कार्यक्रम सञ्चालन गर्न गलकोट नगरपालिकामा प्राप्त रु ३८ लाख बजेटबाट इञ्जिनीयरिङ ‘स्टिमेट’को आधारमा नगरपालिकाभित्रका सम्पूर्ण वडामा रु दुई लाखदेखि रु पाँच लाखसम्म बजेट विनियोजन गरिएकोे छ । विनियोजित बजेटको ७० प्रतिशत ज्याला र ३० प्रतिशत सामान खरीदको लागि खर्च गरिने नगरपालिकाले जनाएको छ ।

प्रधानमन्त्री रोजगार कार्यक्रममा काम पाएकाले सडक मर्मत, बाटोघाटो निर्माण तथा सरसफाइमा सहभागी हुनेछन् । काम पाउनेले २१ दिनसम्म ज्यालामा बिहान १० देखि बेलुका ५ बजेसम्म वडा वडामा समूह निर्माण गरेर काम गर्ने नगरपालिकाका रोजगार संयोजक ममता बुढाथोकीले बताउनुभयो । बुढाथोकीका अनुसार रोजगारमा सहभागी महिला तथा पुरुषले समानरुपमा दिनको रु ७०० ज्याला पाउनेछन् ।

बुढाथोकीले भन्नुभयो, “आगामी दिनमा नगरमा सूचीकृत भएका सबै बेरोजगारलाई रोजगारमा समावेश गराउने योजनामा छौँ ।” रोजगार कार्यक्रममा सहभागीलाई विकास निर्माणको लागि आवश्यक पर्ने सुरक्षा पोशाक, गैची, बेल्चालगायतका औजार प्रदान गरिएको थियो ।    

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
रास्वपाको समानुपातिक उम्मेदवारी दिनेम्याद पौष ५ गतेसम्म थप राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै