कमल पौडेल । चैत्र २०, बागलुङ (खर्वाङ) । आर्थिक विकास र सामाजिक रुपान्तरणका लागी सहकारी भन्ने नाराका साथ ५९ औं राष्ट्रिय सहकारी दिवस, दगातुन्डाडामा भएका सहकारीहरुले खर्वाङ बजार सरसफाई गरि मनाएका छन् ।
नव प्रतिभा वचत तथा ऋण सहकारी संस्था, दिदि वहिनि वचत तथा ऋण सहकारी संस्था, मिलन व्यावसायीक कृषि सहकारी संस्था र सारथी संचार सहकारी संस्थाको संयुक्त अगुवाईमा सो वजार सरसफाई गरिएको हो । दगातुन्डाडाको वार्ड नं. ७ को खारपानी देखि खर्वाङ बजार हुँदै वडा नं. ६ को हाँडिखोला वजार सम्म गरिएको सरसफाईमा दगातुन्डाडा गाविस सचिव एवं अध्यक्ष गिता पौडेल, दगातुन्डाडामा क्रियासिल राजनैतिक दलका प्रतिनिधि, सरकारी तथा गैर सरकारी संस्थाका प्रतिनिधि, प्रहरी, पत्रकार तथा स्थानिय लगाएतको सहभागिता रहेको थियो । सरसफाई कार्यक्रमपछि भएको कोण सभालाई सम्बोधन गर्दै गाविस सचिव एवं अध्यक्ष गिता पौडेलले बजारको सरसफाईलाई स्थानिय द्धारा निरन्तरता दिनु पर्ने वताउनु भएको थियो । कोणसभाको नव प्रतिभा वचत तथा ऋण सहकारी संस्थाका सचिव दुर्गा अर्यालले संचालन गर्नुभएको थियो ।
यसैविच सारथी संचार सहकारी संस्थाले सनिवार विहान एक प्रेस विज्ञप्ती जारी गर्दै सहकारी अभियान वाट मात्रै देश सम्बृद्ध वन्न सक्ने वताइएको छ। सहकारीका अध्यक्ष विष्णु प्रसाद भुसाल द्धारा हस्ताक्षरित विज्ञप्तीमा सहकारी आन्दोलनलाई आजको अवस्थामा ल्याउने सवै प्रति धन्यवाद व्यक्त गरिएको छ। विज्ञप्ती मार्फत भुसालले सबैलाई सहकारी आन्दोलनमा सरिक हुन आग्रह समेत गर्नुभएको छ।