२३ मंसिर २०८२, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

मकवानपुर - MKW

किशोरीलाई जबर्जस्ती गर्न खोज्ने पक्राउ

५ असार २०७६, बिहीबार ०३:४६

 असार ५, हेटौँडा । मकवानपुरको भीमफेदी गाउँपालिका–४ की एक किशोरीलाई बलात्कार गर्न खोज्ने सोही वडाका एक व्यक्तिलाई प्रहरीले बुधबार पक्राउ गरी अनुसन्धान पक्रिया अगाडि बढाएको छ । पीडित परिवारका अनुसार सोमबार राति करीब ११ बजेतिर मादक पदार्थ सेवन गरी ३२ वर्षीय नवीन स्याङतानले जबर्जस्ती बलात्कारको प्रयास गरेका थिए ।

परिवारसहित घरमा सुतिरहेको अवस्थामा स्याङतान त्यहाँ पुगेका थिए । आरोपित स्याङतानले जबर्जस्ती गर्न खोजेपछि  १५ वर्षीय किशोरीले हल्ला गरेकी थिइन् । त्यसपछि स्थानीय बासिन्दाले प्रहरीलाई खबर गरेपछि आरोपित स्याङतालाई पक्राउ गरिएको हो । पक्राउ परेका स्याङतानलाई भीमफेदी प्रहरी चौकीबाट जिल्ला प्रहरी कार्यलय हेटौँडामा आवश्यक कारवाहीका लागि पठाइएको छ । यसैबीच माइती नेपाल मकवानपुरकी कार्यक्रम संयोजक माया लामाले पनि सो घटनाको प्रकृतिअनुसार स्याङतानलाई कडा कारवाही हुनुपर्ने माग गर्नुभएको छ ।

  वडा कार्यालयको ताला प्रहरीले फुटायो

हेटौँडा उपमहानगरपालिका–७ मा स्थानीयवासीले लगाएको ताला प्रहरीले फुटाएको छ । वडा कार्यालय क्षेत्रमा रहेको नागस्वती उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना भएको भन्दै स्थानीयवासीले तालाबन्दी गरेका थिए ।

उद्यान निर्माणका क्रममा आर्थिक हिनामिना गर्ने निर्माण समिति संयोजकलाई कारवाहीको माग गर्दै स्थानीयवासीले बुधबार २ बजे तालाबन्दी गरेको स्थानीय दिनेश गौतमले बताउनुभयो । तर प्रहरीले साँझ ५ः२० मा ताला फुटाएको थियो । प्रहरीले गौतमसहितका पाँच युवाको टोलीलाई वार्ताका लागि भन्दै प्रहरी इलाका प्रहरी कार्यालय लगेको जनाइएको छ । उनीहरुलाई इलाका प्रहरी कार्यालय पशुपतिनगर पु¥याइएको जनाएको छ ।

सयौँको सङ्ख्यामा वडा कार्यालय पुगेका स्थानीयवासीले वडाध्यक्ष राजन थापासँग दोषीलाई कारवाहीको माग गरेका थिए । निर्माण समिति संयोजक नवराज खतिवडा छलफलमा नआएपछि स्थानीयवासीले तालाबन्दी गरेको जनाइएको छ । तालाबन्दीपछि वडा कार्यालयमा प्रहरीको टोली पुगेको थियो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपिएलमा यस्तो छ खेलाडीको प्रदर्शन भूमिहीन सुकुम्वासी समस्या समाधानको पहल गरिदिन आग्रह सुडानमा नागरिक बस्तीमा आक्रमण, बालबालिकासहित ११४ को मृत्यु गत हप्तादेखि पुँजीबजार निरन्तर ओरालो एमालेमा नेतृत्व हस्तान्तरण र पुस्तान्तरणमा जोड पोर्चुगल पठाइदिने भन्दै ठगी गर्ने महर पक्राउ मानवअधिकारको रक्षा गर्दै लोकतन्त्रलाई संस्थागत गराउन लागि प्रतिबद्ध छौँ : गृहमन्त्री अर्याल अण्डाको मूल्य हालसम्मकै उच्च मुग्लिन–मलेखु सडकको तीन ठाउँको भित्तो काटिँदै मानव जीवन बचाउन विश्वले ध्यान दिनुपर्ने : संयुक्त राष्ट्र गोवाको क्लबमा भएको आगलागीमा, चार नेपालीसहित २५ जनाको मृत्यु चार महिने छोराको हत्या अभियोगमा नेपाल प्रहरीका असई पक्राउ सञ्चारमन्त्री खरेलद्वारा एनसेल कार्यालय अवलोकन पृथ्वीराजमार्गको नागढुङ्गा–मलेखु खण्ड एक साताको लागि आंशिक बन्द हुने सुनको मूल्य बढ्यो नागढुङ्गा नौबिसे सडक दैनिक पाँच घण्टा बन्द हुने एनपिएलः आज खेल नहुने अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य