२०८२, १९ फाल्गुन मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काभ्रेपलान्चोक - KVP

नगरपालिका जमानी, खानेपानी उपभोक्ता ऋणी !

२०७६, ५ असार बिहीबार ०५:४१

असार ५, काभ्रेपलान्चोक  | पाँचखाल नगरपालिका कार्यालयको जमानीमा स्थानीय सहकारीले चलनचल्तीभन्दा न्यूनतम ब्याजदरमा खानेपानी उपभोक्तालाई ऋण प्रवाह गर्न थालेका छन् । आर्थिक अवस्था कमजोर भएका करीब एक हजार ८०० परिवारलाई सहकारीमा ऋणी बनाएर नगरमा सुनकोशी पाँचखाल बृहत् खानेपानी परियोजना सञ्चालन गर्न लागिएको हो ।

 आर्थिक अवस्था कमजोर भएका परिवारलाई ऋण दिलाएरै भए पनि योजनामा सहभागी गराउन नपा कार्यालय जमानी बसेर उपभोक्तालाई स्थानीय सहकारीमार्फत ऋण दिलाउन थालिएको नगरप्रमुख महेश खरेलले बताउनुभयो । उहाँले भन्नुभयो, “न्यूनतम ब्याजदरमा एक वर्षका लागि किस्ताबन्दीमा सहकारीमार्फत ऋण दिलाउन शुरु गरियो, उपभोक्ताले एक वर्षभित्र पनि उक्त ऋण तिर्न नसके नगरपालिकाले तिर्छ ।”उहाँका अनुसार स्थानीय सहकारीबाट करीब रु तीन करोड ऋण प्रवाह हुनेछ ।

 पाँचखालमा खानेपानी अभावका कारण जसरी पनि योजना सम्पन्न गर्नुपर्ने भएकाले ऋण दिलाउनुबाहेक अर्को विकल्प नदेखिएपछि नगरसभामा यस्तो निर्णय गरिएको खरेलले बताउनुभयो । “सहकारीमा सदस्य भएकालाई सोही सहकारीबाट र नभएकालाई सदस्य बनाएर भए पनि ऋण दिलाइनेछ”,उहाँले भन्नुभयो । परियोजनाबाट करीब सात हजार उपभोक्ता लाभान्वित हुनेछन् ।

 कूल परिवार सङ्ख्यामध्ये करीब एक हजार ८०० ले उक्त रकम जम्मा गर्न नसक्ने देखिएपछि नगरले उपभोक्तालाई ऋणी बनाउने विधि अपनाएको हो । पाँचखालका उपभोक्ताले परियोजनाको बैंक खातामा रु १८ हजारका दरले जम्मा गर्नुपर्ने नियम छ । इन्द्रावती नदी किनारमा इनार बनाई लिफ्टिङ प्रविधिद्वारा पाँचखाल नगरमा खानेपानी व्यवस्थापन गर्न लागिएका हो ।

 परियोजना रु दुई अर्ब २१ करोडको लागतमा निर्माण सम्पन्न हुने बृहत् खानेपानी उपभोक्ता समितिका अध्यक्ष कुमार लामिछानेले जानकारी दिनुभयो । उहाँका अनुसार नेपाल सरकार, नगर विकास कोष, एशियाली विकास बैंक (एडिबी) र उपभोक्ताको लागतमा परियोजना सम्पन्न हुनेछ । सम्झौतामा कूल योजनाको पाँच प्रतिशत अर्थात् रु ११ करोड पाँच लाख रकम उपभोक्ताले जम्मा गर्नुपर्ने शर्त छ ।

दातासँग यही असार मसान्तभित्र परियोजनाको पाँच प्रतिशत रकम गर्नुपर्ने सम्झौता छ । सम्झौताअनुसार समितिले निर्धारित समयमा रकम जम्मा गर्न नसके परियोजना कार्यान्वयन गर्न नसकिने अध्यक्ष लामिछानेले बताउनुभयो । “यसका लागि तीन महीनादेखि माइकिङ तथा वडाका गाउँगाउँमा जागरण अभियान सञ्चालन गर्दै आएका छौँ”,उहाँले भन्नुभयो । उहाँका अनुसार परियोजनाको बैंक खातामा हालसम्म रु आठ करोड जम्मा भएको छ । 

स्थानीय सहकारी खानेपानी उपभोक्तालाई ऋण दिलाउन प्रतिस्पर्धामा उत्रिएका छन् । सामुदायिक बचत तथा ऋण सहकारी संस्था लिमिटेडले सेवा शुल्क नलिई ९.५ प्रतिशत ब्याजदरमा एक वर्षभित्र किस्ताबन्दीमा तिर्नेगरी उपभोक्तालाई ऋणी बनाउन नपासँग सम्झौता गरेको छ । आर्थिक विकास सहकारीले आफ्ना सदस्यलाई मात्रै आठ प्रतिशतमा ऋण दिलाउने गरी नपासँग सम्झौता ग¥यो ।

 पाँचखालस्थित विन्धवासिनी सहकारीले भने एक प्रतिशत सेवा शुल्क लिएर पाँच प्रतिशत ब्याजदरमा ऋण दिन थालेको छ । सहकारी ऋण समितिका कुमार दङ्गालले भन्नुभयो, “खानेपानी उपभोक्तालाई सेवाभावले अधिकतम् सहुलियतदरमा ऋण प्रवाह गर्न थालेका छौँ ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
देशको परिस्थितिलाई सम्हाल्न सक्ने अवस्थामा कांग्रेस अघि बढिरहेको छ: विश्वप्रकाश शर्मा रामेछापमा निर्वाचनका कर्मचारी सवार गाडी दुर्घटना आफ्नै श्रीमतीको हत्या गरेको आरोपमा श्रीमान् पक्राउ करेन्ट लागेर एकजनाको मृत्यु वामपन्थी ध्रुवीकरण आजको आवश्यकताः प्रचण्ड इजरायल-अमेरिका-इरान द्वन्द्व चर्कियो : लेबनानमा ३१ को मृत्यु इरानी आक्रमणबाट यूएईमा ज्यान गुमाएका नेपालीको पहिचान खुल्यो आज राति १२ बजेदेखि निर्वाचनको प्रचारप्रसार गर्न निषेध प्रधानमन्त्री कार्कीको अपिल : निर्वाचनमा अनिवार्य सहभागी हुनुहोला खामेनीको हत्यालगत्तै हिंसात्मक भव्य प्रदर्शन रौतहटरमा बम नभएको पुष्टि, शंकास्पद भनिएको वस्तु माटोको डल्ला सुनचाँदीको मूल्य बढ्यो सार्वजनिक बिदाका दिन बैंकिङ सेवा उपलब्ध गराउन निर्देशन परिस्थितिलाई सम्हाल्ने तागत अहिले कांग्रेसका सभापति गगनकुमार थापासँग मात्रै छ: विश्वप्रकाश शर्मा ओलीद्वारा मध्यपूर्वमा पछिल्लो समय देखिएको तनावप्रति चिन्ता व्यक्त इजरायल–इरान यात्रा नगर्न सरकारको अनुरोध कांग्रेस सबै जातजातिको साझा पार्टी हो : गगनकुमार थापा इजरायलमा रहेका नेपालीलाई सतर्क रहन दूतावासको आग्रह निर्वाचन आचारसंहिता उल्लङ्घन गरेका आठ जनालाई कारबाही यूएई, बहरइन, कतार र कुवेतमा आक्रमण