2026-09-14 12:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नवलपुर - NWL

नवलपरासीमा ठूलो परिमाणमा लागुऔषधसहित दुई जना पक्राउ

असार ६, परासी । ठूलो परिमाणमा लागुऔषधसहित पश्चिम नवलपरासी प्रहरीले दुईलाई पक्राउ गरेको छ । प्रहरी चौकी गेरमीबाट खटिएको प्रहरी टोलीले जिल्लाको पाल्हीनन्दन–५ चमनटोलस्थित भारतीय सीमाक्षेत्रबाट उनीहरुलाई पक्राउ गरेको हो ।

पक्राउ पर्नेमा रामग्र्राम नगरपालिका–३ बस्ने वर्ष २५ को लक्षु लोहार र रामग्राम–८ बस्ने वर्ष ३८ का राकेशकुमार भन्ने बुद्ध देवदत्त रहेका छन् । भारतबाट पैदल नेपाल आइरहेका उनीहरुको झोला जाँच गर्ने क्रममा लागुऔषध फेला परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाका अनुसार उनीहरुको साथबाट डाइजोपाम, फेनरागन र बुप्रेनोफ्रिन दुई/दुई एमएलको १००/१०० एम्पुल गरी कूल ३०० एम्पुल लागुऔषध बरामद भएको हो । उनीहरुलाई लागुऔषध नियन्त्रण ऐन २०३३ बमोजिम मुद्दा दर्ता गरी कारवाही प्रक्रिया अघि बढाइएको उपरीक्षक थापाले बताउनुभयो ।

अवैध कपडासहित एक पक्राउ

सीमा प्रहरी चौकी महेशपुर नवलपरासीले करीब रु चार लाख बराबरको अवैध कपडासहित एक जनालाई पक्राउ गरेको छ । जिल्लाको सरावल गाउँपालिका–३ हात्तीवनमा गस्ती गर्ने क्रममा भारतबाट लुकाइछिपाई भारतीय मोटरसाइकलमा ल्याइएको अवस्थामा अवैध कपडा र कारोवारमा संलग्न पाल्हीनन्दन–१ छोटकी सुनरी बस्ने वर्ष १८ का अजमत अलीलाई पक्राउ गरेको प्रहरीले जनाएको छ । 

प्रहरी नायब उपरीक्षक थापाका अनुसार दुई भारतीय मोटरसाइकलमा ल्याउँदै गरेको फूलसर्ट ८०४ थान, दोसल्ला ३०० थान र दुईवटै मोटरसाइकल गरी रु चार लाख बराबरको मालसमान बरामद गरिएको हो । कारोबारमा संलग्नलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइएको र कारोवारमा संलग्न अन्यको खोजीकार्य जारी रहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चाडपर्वले विविधताबीचको एकता, आपसी सम्मान र सामाजिक सद्भावलाई बलियो बनाउँदै आएको छ : गगन थापा बाढी प्रभावित १५ स्थानीय तहका जनप्रतिनिधिसँग प्रधानमन्त्री शाहको छलफल भोटेकोशी बाढीमा १,३९२ जनाको मृत्यु, ४,०८९ अझै बेपत्ता देशभर हरितालिका तीज मनाइँदै सोमबार सुनचाँदीको मूल्य घट्यो मलेसियाको FWCMS भित्र छिरेका २५० म्यानपावरको पूर्वस्वीकृति रोक्का, छानबिन सुरु ब्रिक्स समूह कसैको विरुद्धमा छैन : मोदी विपद्को पूर्वतयारी र प्रभावकारी व्यवस्थापन नहुँदा ठूलो मानवीय क्षति भयो : कुलमान घिसिङ महाधिवेशनको तयारीका लागि देउवा समूहले खटायो ७७ जिल्लामा प्रतिनिधि संविधान रक्षाका लागि सबै परिवर्तनकारी शक्ति एक हुनैपर्छ: माधव नेपाल भोटेकोशी बाढीले बगाएको गरगहनासहित एक जना पक्राउ नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक आइतबार बस्दै यूएईलाई हराउँदै नेपाल एसिया कपमा कम्युनिस्ट पार्टीहरू एकीकरण र सुदृढीकरण गर्दै नयाँ कार्यदिशामा अघि बढ्नुपर्छ : झलनाथ खनाल भोटेकोशी बाढीले १२ बैंकका १७ शाखामा क्षति भोटेकोशी बाढीमा मृतकको संख्या १ हजार ३८४ पुग्यो, ४ हजार ८९ अझै बेपत्ता युएईमा अलपत्र नेपालीको उद्धार गर्न मन्त्री महावीर पुनको आग्रह तीन दिनभित्र कृष्णभीर सडक खण्डमा यातायात सञ्चालन गर्ने तयारी धादिङको परेवाटार–मास्टार सडकमा एकतर्फी यातायात सञ्चालन प्रधानमन्त्री राहत कोषमा जम्मा भयो १३ अर्ब २३ करोड रुपैयाँ