Skip to content
Saturday, July 18, 2026 समाचार, वैदेशिक रोजगार र समसामयिक जानकारी
२०७६ असार ०७ गते, दिउँसो १:२६ बजे कास्की - KSK, समाज

पोखरा मणिपाल अस्पतालका डाक्टरको गाडीले ठक्कर दिँदा बालकको मृत्यु

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

असार ७, कास्की | पोखरामा आज बिहान गाडीको ठक्करबाट एक बालकको ज्यान गएको छ ।

मणिपाल शिक्षण अस्पतालका चिकित्सक विश्वदीप तिमिल्सिनाको ग ३ च ४३६ नं को गाडीले ठक्कर दिँदा पोखरा महानगरपालिका–२८ माझठाना निवासी रामकृष्ण कँडेलका  तीन वर्षका छोरा संस्कारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक राजकुमार केसीले जानकारी दिनुभयो ।

बिहान करीब ८.३० बजे बुबाआमासँगै मोटरसाइकलमा आएका उनलाई अस्पतालको पार्किङमा गाडीले ठक्कर दिएको थियो । त्यसलगत्तै बालकलाई अस्पताल लगिएकामा चिकित्सकले मृत घोषणा गरेका थिए । घटनालगत्तै चिकित्सक र उनको गाडीलाई प्रहरीले नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

रासस