२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

एमाओवादी पाल्पाको अध्यक्षमा पाण्डे छानिए

८ माघ २०७२, शुक्रबार २२:५३

माघ ९, पाल्पा । एकीकृत नेकपा (माओवादी) पाल्पा जिल्ला अध्यक्षमा नेत्रप्रसाद पाण्डेलाई छानेको छ । एमाओवादीका जिल्ला अध्यक्ष वसन्त शर्मा (कुशल)ले अध्यक्ष पदबाट राजीनामा दिएपछि जिल्ला उपाध्यक्ष पाण्डेलाई अध्यक्षको जिम्मेवारी दिइएको हो ।

त्यसैगरी, एमाओवादी जिल्ला सदस्य राजेन्द्र विश्वकर्मालाई उपाध्यक्षको जिम्मेवारी दिइएको छ भने अर्का सदस्य चक्रव्यूह थापालाई प्रदेश नम्बर ५ को सदस्यका लागि सिफारिस गर्ने निर्णय गरिएको छ । एमाओवादी पाल्पाले पहिलो चरणमा माघ, फागुन र चैतसम्म तीन महिने पार्टी पुनःनिर्माण अभियान सञ्चालन गर्ने निर्णय समेत गरेको छ । पार्टी पुनःनिर्माण अभियानका क्रममा गाउँ, नगर, जिल्ला तथा जनवर्गीय सङ्गठनका प्रमुखसँग अन्तरक्रिया र प्रशिक्षण कार्यक्रम गरिनेछ ।

फागुन १ गते जनयुद्ध दिवस भव्यताका साथ मनाउने र सहिद सप्ताहका सिलसिलामा सहिद परिवारलाई सम्मान गर्ने कार्यक्रमसमेत तय गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य