2026-09-18 09:58 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको दोभानलाई छुवाछुत मुक्त गाविस घोषणा गर्ने बहश

सुवास वि.सी  । चैत २७, पाल्पा । दोभान गाविसका सचिव टेकप्रसाद घिमिरेले सामाजिक क्रान्ती सफल भएमात्र राजनितिक क्रान्ती सफल हुने बताउनुभयो । अझै पनि समाजमा जातीय छुवाछुत विद्यमान रहेको भन्दै यसको अन्त्य नहुँदासम्म राजनितिक स्थायीत्व नहुने समेत दावी गर्नुभयो । दोभान गाविसलाई छुवाछुत मुक्त गाविसको रुपमा घोषणा गर्न जागरण दलित सञ्जालले गाविसमा प्रस्ताव गरेको छ ।

होर्डिङ्गवोर्ड समेत बनाएर गाविस सचिव र अन्य सरोकारवाल निकायसँग यस्तो प्रस्ताव राखेको सञ्जालका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार निसान पटेलले बताउनुभयो । २०६६ सालदेखि दोभानलाई छुवाछुत मुक्त गाविस बनाउन विभिन्न वडा स्तर देखि अभियान नै सञ्चालन गरिएको थियो । यो अभियानमा गैरदलितले समेत साथ दिएको स्थानीय लालबहादुर थापाले प्रतिक्रिया दिनुभयो । गाविस सचिव टेकप्रसाद घिमिरेले दलित समुदायबाट आएको यो प्रस्तावलाई आफुले एजेन्डाको रुपमा प्रस्तुत गरेर आगामी बैशाख १० गते गाविसको बैठकमा छलफल गराएर पूर्णता दिने आश्वासन दिनुभयो ।

जागरण दलित सञ्जाल दोभान पाल्पाको आयोजनामा स्थानीय स्तरमा जातीय छुवाछुत र हाम्रो दायित्व विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पाल्पाली दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले अझै पनि समाजमा छुवाछुत प्रथा कायमै रहेको भन्दै यसको जरै देखि निमिट्यान्न पार्न आवश्यक रहेको बताउनुभयो । उहाँले छुवाछुत अन्त्यको लागि अव कानुनमा टेकेर बैधानिक लडाई लड्नको लागि सबै दलित समुदायलाई अपिल समेत गर्नुभयो ।

यसैबीच जागरण दलित सञ्जाल दोभानको नयाँ नेतृत्व चयन गरिएको । टोपबहादुर विकको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा रामबहादुर दर्जी, सचिवमा मायाँ विक, सह—सचिवमा बालकृष्ण सुनार र कोषाध्यक्षमा मनलाल बिक चयन हुनुभएको छ ।

कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, स्थानीय समाजसेवी लालबहादुर थापा, टोपबहादुर विक, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पाल्पाका अध्यक्ष निसान पटेल, स्वास्थ्य चौकीका प्रतिनिधि सुन्दर तरामी मगर, गाउँ अपाङ्ग पुनरस्थापना समिति दोभानका अध्यक्ष विष्णु घिमिरे, रामबहादुर दर्जी, सरिता विक लगायतले एक्काइसौ शताव्दीको उत्तरार्धमा पनि नेपाली समाजमा कायम रहेको जातीय विभेद सभ्य समाजको लागि लाजमर्दो भएको बताउनुभएको थियो । सञ्जालका अध्यक्ष बलबहादुर वि।क।को सभापतित्वमा भएको कार्यक्रममा मनलाल वि।क। ले स्वागत र मायाँ वि।क।ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा दलित समुदायको हितमा काम गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भने उत्कृष्ट अध्ययन गरेक दलित विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई