२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

पाल्पा - PLP

पाल्पाको दोभानलाई छुवाछुत मुक्त गाविस घोषणा गर्ने बहश

२७ चैत्र २०७२, शनिबार ०९:३९
सुवास वि.सी  । चैत २७, पाल्पा । दोभान गाविसका सचिव टेकप्रसाद घिमिरेले सामाजिक क्रान्ती सफल भएमात्र राजनितिक क्रान्ती सफल हुने बताउनुभयो । अझै पनि समाजमा जातीय छुवाछुत विद्यमान रहेको भन्दै यसको अन्त्य नहुँदासम्म राजनितिक स्थायीत्व नहुने समेत दावी गर्नुभयो । दोभान गाविसलाई छुवाछुत मुक्त गाविसको रुपमा घोषणा गर्न जागरण दलित सञ्जालले गाविसमा प्रस्ताव गरेको छ ।
होर्डिङ्गवोर्ड समेत बनाएर गाविस सचिव र अन्य सरोकारवाल निकायसँग यस्तो प्रस्ताव राखेको सञ्जालका पूर्व अध्यक्ष तथा हालका सल्लाहकार निसान पटेलले बताउनुभयो । २०६६ सालदेखि दोभानलाई छुवाछुत मुक्त गाविस बनाउन विभिन्न वडा स्तर देखि अभियान नै सञ्चालन गरिएको थियो । यो अभियानमा गैरदलितले समेत साथ दिएको स्थानीय लालबहादुर थापाले प्रतिक्रिया दिनुभयो । गाविस सचिव टेकप्रसाद घिमिरेले दलित समुदायबाट आएको यो प्रस्तावलाई आफुले एजेन्डाको रुपमा प्रस्तुत गरेर आगामी बैशाख १० गते गाविसको बैठकमा छलफल गराएर पूर्णता दिने आश्वासन दिनुभयो ।
जागरण दलित सञ्जाल दोभान पाल्पाको आयोजनामा स्थानीय स्तरमा जातीय छुवाछुत र हाम्रो दायित्व विषयक अन्तक्रिया कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रममा प्रमुख अतिथि पाल्पाली दलित अधिकारकर्मी तीर्थप्रसाद गौतमले अझै पनि समाजमा छुवाछुत प्रथा कायमै रहेको भन्दै यसको जरै देखि निमिट्यान्न पार्न आवश्यक रहेको बताउनुभयो । उहाँले छुवाछुत अन्त्यको लागि अव कानुनमा टेकेर बैधानिक लडाई लड्नको लागि सबै दलित समुदायलाई अपिल समेत गर्नुभयो ।
यसैबीच जागरण दलित सञ्जाल दोभानको नयाँ नेतृत्व चयन गरिएको । टोपबहादुर वि।क।को अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति गठन गरिएको हो । जसको उपाध्यक्षमा रामबहादुर दर्जी, सचिवमा मायाँ विक, सह—सचिवमा बालकृष्ण सुनार र कोषाध्यक्षमा मनलाल क चयन हुनुभएको छ ।
कार्यक्रममा नेपाल पत्रकार महासंघ पाल्पाका कोषाध्यक्ष मिलन विश्वकर्मा, स्थानीय समाजसेवी लालबहादुर थापा, टोपबहादुर वि।क।, नेपाल राष्ट्रिय दलित मुक्ति मोर्चा पाल्पाका अध्यक्ष निसान पटेल, स्वास्थ्य चौकीका प्रतिनिधि सुन्दर तरामी मगर, गाउँ अपाङ्ग पुनरस्थापना समिति दोभानका अध्यक्ष विष्णु घिमिरे, रामबहादुर दर्जी, सरिता विक लगायतले एक्काइसौ शताव्दीको उत्तरार्धमा पनि नेपाली समाजमा कायम रहेको जातीय विभेद सभ्य समाजको लागि लाजमर्दो भएको बताउनुभएको थियो । सञ्जालका अध्यक्ष बलबहादुर वि।क।को सभापतित्वमा भएको कार्यक्रममा मनलाल वि।क। ले स्वागत र मायाँ वि।क।ले सञ्चालन गर्नुभएको थियो । कार्यक्रममा दलित समुदायको हितमा काम गर्ने विभिन्न व्यक्तित्वहरुलाई सम्मान गरिएको थियो । भने उत्कृष्ट अध्ययन गरेक दलित विद्यार्थीहरुलाई पुरस्कृत समेत गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ