बैशाख ५ पाल्पा । राष्ट्रिय प्रजातन्त्र पार्टी पाल्पाको पूर्ण बैठक आज सम्पन्न भएको छ । बैठकले राप्रपा र राप्रपा नेपाल बीच तत्काल एकता गर्न केन्द्रलाई अनुरोध गर्ने निर्णय गरेको छ । यस्तै संविधानसभाको निर्वाचन पछि नयाँ संविधान आइसकेको अवस्था मा पार्टीले केन्द्रिय परिषदको बैठक वोलाई राजनितिक समिक्षा गर्नुपर्ने माग गरेको छ ।
पार्टी सरकारमा सहभागी भइसकेपछि जनताको लागि राहत हुने खालका कुनैपनि गतिविधि नभएको हुदा पार्टीले पुनरविचार गर्नुपर्ने, २०७० सालमा भएको पार्टीको महाधिवेशनले गरेको अध्यक्षको आलोपालो प्रणालीलाई केन्द्रिय नेताहरुले पालन नगरेका कारण पार्टीमा विचलन आएको भन्दै विधानको पालना गरी जनतामा परेको भ्रम सिर्जना गर्ने काम तत्काल रोक्न अनुरोध गरिएको राप्रपा पाल्पाका अध्यक्ष डुलवहादुर कुवँरले जानकारी दिनुभएको छ ।
बैठकमा प्रमुख अतिथि केन्द्रिय सदस्य प्रतिमा क्षेत्रि, विशिष्ट अतिथि केन्द्रिय सदस्य मीनबहादुर कुँवर लगायतले पार्टीको वर्तमान अवस्थाका बारेमा सहजिकरण गर्नुभएको थियो । बैठक राप्रपा पाल्पाका अध्यक्ष डुलबहादुर कुँवरको अध्यक्षतामा सम्पन्न भएको थियो ।
– सुवास वि.सी बाट