२०८२, ४ चैत्र बुधबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पुरुषको तुलनामा महिलाको बैंक खाता आधा

२०७६, ९ असार सोमबार ११:३३

असार ९, काठमाडौं । ‘सबैको बैंक खाता’अभियान घोषणा भए पनि हालसम्म १ करोड ९२ लाख (जनसंख्याको ७४ प्रतिशत) मात्र सक्रिय बचत खाता पाइएको छ । त्यसमध्ये महिलाको नाममा २६ प्रतिशत र पुरुषको नाममा ४८ प्रतिशत बचत खातामा सक्रिय रूपमा कारोबार भएको छ । यद्यपि, एकै जनाको नाममा विभिन्न बैंक र वित्तीय संस्थामा अनेकौं खाता रहने गरेकाले सक्रिय बैंक खाता भएको वास्तविक जनसंख्या यसभन्दा निकै कम रहेको छ ।

नेपाल राष्ट्र बैंकको गत चैत मसान्तको तथ्यांक अनुसार देशका बैंक तथा वित्तीय संस्थामा महिलाको नाममा ६७ लाख २ हजार र पुरुषको नाममा १ करोड २५ लाख ४० हजार बचत खाता सक्रिय रूपमा सञ्चालित छन् । बैंक तथा वित्तीय संस्थामा हालसम्म कुल २ करोड ३० लाख खाता (जनसंख्याको ८९ प्रतिशत) खोलिएका भए पनि ती सबै सक्रिय छैनन् ।

एउटै व्यक्ति वा संस्थाले विशेष कामका लागि विभिन्न बैंकमा खाता खोल्ने तर सबैमा नियमित कारोबार नगर्ने हुँदा सबै खाता सक्रिय हुन नसकेको छैन | कतिपय बैंकले अझ शून्य मौज्दातमा नै खाता खोल्ने योजना ल्याएका छन् । त्यस्ता खाता खोल्नेहरूले बिर्सेपछि ती खातासमेत निष्क्रिय भएका छन् ।

बैंक तथा वित्तिय संस्थाको पहुँच देशभर बढ्दै गएकाले अब सर्वसाधारणले खाता खोल्ने क्रम तीव्र हुने आकलन गर्न सकिन्छ |  तीन वर्षसम्म नगद राख्ने र झिक्ने नगरेमा बचत खातालाई स्वतः निष्क्रिय मानिन्छ । चल्ती खाता र कल खाता भने ६ महीनासम्म कारोबार नभएपछि निष्क्रिय हुन्छन् । -आर्थिक अभियान दैनिकमा यो समाचार छ |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सरकारले ल्याउने दीर्घकालीन परियोजनामा नागरिक लगानी कोषको लगानी आवश्यक: अर्थमन्त्री खनाल निर्वाचन आयोगले भोलि समानुपातिक सांसदलाई प्रमाण पत्र दिने सावधानी अपनाएर सवारीसाधन चलाउन हर्क साम्पाङको अनुरोध कांग्रेसले केन्द्रीय समिति बैठक बोलायो नवनिर्वाचित सांसदहरूको शपथग्रहण १२ चैतमा हुने विज्ञताका आधारमा मन्त्री छनोट हुन्छः रवि लामिछाने जति ठूलो शक्ति त्यति ठूलो जिम्मेवारी प्राप्त गरेका छौँ: सभापति लामिछाने नारायणगढ-मुग्लिन सडक खण्डका ४३ ठाउँ पहिरोको जोखिममा खोटाङमा हेलिकप्टर दुर्घटना मलाई बोल्न आउँदैन भन्छन्, त्यसकै लागि क्लास राम्रोसँग लिइरहेको छु : आशिका तामाङ जग्गासम्बन्धी विवादमा छोराले गरे आमाको हत्या मानव बेचबिखन तथा ओसारपसारमा संलग्न दुईजना पक्राउ चुनावी लहरले मात्र दीर्घकालीन राजनीतिक स्थायित्व सुनिश्चित गर्न सक्दैन : शंकर पोखरेल प्रधानमन्त्री कार्कीले पशुपतिमा गरिन् रुद्राभिषेक पूजा सुनचाँदीको मूल्य घट्यो, आज कतिमा हुँदैछ कारोबार ? अफगानिस्तान र पाकिस्तानलाई संयमता अपनाउन चीनको आह्वान स्रोत नखुलेको १० लाख सहित एक चिनियाँ नागरिक पक्राउ इरानको आक्रमण विरुद्ध खाडी मुलुकहरूको समर्थन गर्ने युक्रेनको घोषणा रवि लामिछानेको मुद्दा संशोधन विवादमा बहस बाँकी, अर्को सुनुवाइ चैत ५ गते रवि लामिछानेको मुद्दामा तीन दिनदेखि सर्वोच्चमा सुनुवाइ जारी