2026-10-30 05:57 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

डोल्पा - DLP

स्थानीय सरकार गठन भएको दुई वर्ष बितिसक्दा पनि अझै बैंक पुगेनन्

असार १०, डोल्पा | डोल्पाको चार स्थानीय तहमा अझै बैंक स्थापना हुन नसक्दा दैनिक कारोवार सदरमुकाम दुनैबाट हुँदै आएको छ ।  स्थानीय सरकार गठन भएको करीब दुई वर्ष पूरा हुन लाग्दासम्म डोल्पाका डोल्पोबुद्ध गाउँपालिका, शे–फोक्सुण्डो गाउँपालिका, छार्का ताङसोङ गाउँपालिका र काइके गाउँपालिका गरी चार वटा गाउँपालिकामा तोकिएका बैंकले अझै आफ्ना शाखा स्थापना नगर्दा दैनिक कारोवारका लागि सदरमुकाम बस्नुपरेको हो । 

डोल्पो बुद्ध गाउँपालिका र छार्का ताङसोङ गाउँपालिकाका लागि राष्ट्रिय वाणिज्य बैंकलाई तोकिएको छ । शे–फोक्सुण्डो गाउँपालिकामा प्रभु बैंक, काइके गाउँपालिकामा नेपाल बैंकको शाखा विस्तार गर्ने भनिएको छ । सुरक्षाको कारण देखाउँदै बैंक उपल्लो डोल्पाका नमानेको स्थानीय सरकारको प्रमुखले बताएका छन् । बैंक स्थापनाका लागि बारम्बार ताकेता गर्दा बैंकले साल्दाङमा स्थायी प्रहरी चौकी नबसुन्जेलसम्म बैंकको शाखा स्थापना गर्न नसकिने जवाफ दिएको शे–फोक्सुण्डो गाउँपालिका–८ पुग्मका आङबहादुर लामाले बताउनुभयो ।

शे–फोक्सुण्डो गाउँपालिकामा साउनभित्र बैंकको शाखा स्थापना गर्ने प्रभु बैंकसँग सहमति भएको शे–फोक्सुण्डो गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत नारायण अधिकारीले बताउनुभयो । राष्ट्रिय वाणिज्य बैंकले पनि डोल्पोबुद्ध गाउँपालिकाको धो र छार्का ताङसोङ गाउँपालिकाको छार्कामा बैंक स्थापनाका लागि अध्ययन गर्न जेठ दोस्रो हप्तातिर बैंकको टोली पठाएको थियो । धो पुगेको उक्त टोलीका सदस्यलाई लेक लागेर उद्धार गरी झार्नु परेपछि ती गाउँपालिकामा बैंक स्थापनाको काम झनै अन्योल बनेको डोल्पोबुद्ध गाउँपालिकाले बताएको छ ।

डोल्पाका आठ स्थानीय तहमध्ये हालसम्म चार वटा स्थानीय तहमा मात्र बैंक स्थापना भई सञ्चालन भएका छन् । ठूलीभेरी नगरपालिकामा नेपाल बैंक लिमिटेड पहिले नै सञ्चालनमा थियो भने त्रिपुरासुन्दरी नगरपालिकामा माछापुच्छे«बैंक, जगदुल्ला गाउँपालिकामा नेपाल बैंक लिमिटेड र मुड्केचुला गाउँपालिकामा राष्ट्रिय वाणिज्य बैंक स्थापना भएर काम भएका छन् । 

बैंक स्थापना नभएका स्थानीय तहको काम हप्ता लगाएर अझै जिल्ला सदरमुकाम दुनै आएर काम गर्नुपर्दा निकै सास्ती खेप्नुपरेको स्थानीयले बताएका छन् । सङ्घ र प्रदेशबाट आएका विकास निर्माण तथा स्थानीय तहका सम्पूर्ण आर्थिक गतिविधि सञ्चालनका सदरमुकाम दुनै आउनु पर्दा समस्य मात्र भएको छैन, जाँदा सुरक्षाको चुनौतीसमेत थपिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
चक्रवात ‘अर्नब’को प्रभाव : काठमाडौँ उपत्यकामा दिनभर वर्षा, जनजीवन प्रभावित नयाँ प्रणालीबाट साढे दुई लाख राहदानी छपाइ प्रधानमन्त्रीको भारत भ्रमणको मिति तय भएको छैन: परराष्ट्र मन्त्रालय कांग्रेसको संस्थापन इतर समूहको महाधिवेशन खुलामञ्चमा हुने टिकटकद्वारा तीन महिनामा नेपालका २० लाखभन्दा बढी भिडियो हटाइयो चक्रवात ‘अर्नब’को प्रभावले देशभर मौसम बदली, काठमाडौँमा सामान्य वर्षा काठमाडौँका विभिन्न क्षेत्रमा ८ दिन बिजुली कटौती हुने रोमानिया र क्रोएसिया पठाउने भन्दै १८ लाख ठगी गर्ने एक जना पक्राउ कांग्रेसको नयाँ केन्द्रीय कार्यसमिति अद्यावधिक गर्न निर्वाचन आयोग जाने तयारी मुग्लिन–नारायणगढ सडकमा अत्यावश्यकबाहेक यात्रा नगर्न आग्रह आज चार संसदीय समितिको बैठक बस्दै मोरङमा लागुऔषध कारोबारीमाथि प्रहरीले चलायो ८ राउन्ड गोली, दुई भारतीय नागरिक घाइते चक्रवात ‘अर्नब’को प्रभाव शनिबार अपराह्नपछि घट्ने, आज पनि वर्षा र हिमपातको सम्भावना सुनको मूल्य एकैदिन तोलामा ३ हजार २०० रुपैयाँले घट्यो, चाँदी पनि सस्तियो प्रधानमन्त्री बालेनसँगको भेटपछि सभामुखलाई भेट्न पुगे रवि विद्यालयको पुस्तकालय अनुदान हिनामिना आरोपमा चार जनाविरुद्ध मुद्दा दायर गगन थापाको घोषणा: मंसिरभरि ‘कांग्रेस तयार छ’ अभियान चलाइने विश्वप्रकाश शर्माको सन्देश: कांग्रेसभन्दा पहिले देश हो भन्ने कुरा बुझ्नुपर्छ एनपीएल: टस जितेर कर्णालीले विराटनगरविरुद्ध पहिले बलिङ गर्ने सङ्घीय र प्रादेशिक विश्वविद्यालयका उपाधि समान हैसियतका: शिक्षामन्त्री पोखरेल