२१ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुर महानगरको बजेट रु पाँच अर्ब १७ करोड

१० असार २०७६, मंगलवार १६:१०

सार १०, ललितपुर (रासस) | ललितपुर महानगरपालिका प्रमुख चिरिबाबु महर्जनले आर्थिक वर्ष २०७६÷७७ का लागि रु पाँच अर्ब १७ करोड ९६ लाख ३२ हजारको बजेट प्रस्ताव गर्नुभएको छ । महानगरपालिको चौथो नगरसभामा आज उहाँले गत वर्षभन्दा रु ७५ करोड २३ लाख ४५ हजार रकम बढी बजेट विनियोजन गर्नुभएको हो । 

महानगरले गत आवको रु चार अर्ब ६० करोड ७२ लाख ८७ हजार बजेट विनियोजन गरेको थियो । चालू आवमा गत जेठसम्ममा महानगरपालिकाको वास्तविक खर्च गरेको रकम रु एक अर्ब ७५ करोड ६४ लाख २४ हजार ९६१ रहेको छ । महानगरले प्रस्ताव गरेको आगामी आवको बजेटमा चालू खर्चतर्फ रु एक अर्ब १२ करोड ५९ लाख ५५ हजार विनियोजन गरेको छ । त्यस्तै, सामाजिक सुरक्षातर्फ रु ४६ करोड बजेट रहेको छ ।

कार्यक्षेत्रगत विकास कार्यक्रमतर्फ रु दुई अर्ब ५६ करोड ६१ लाख ५३ हजार बजेट विनियोजन गरेको छ । सोमध्ये, आर्थिक विकासमा रु सात करोड ५३ लाख ४५ हजार र सामाजिक विकास रु १६ करोड ८४ लाख ४५ हजार बजेट रहेको छ । कार्यगत क्षेत्र विकासअन्तर्गत नै पूर्वाधार विकास रु दुई अर्ब ७३ लाख ६३ हजार, वातावरण तथा विपद् व्यवस्थापन रु १६ करोड ५५ लाख, संस्थागत विकास सेवा प्रवाह र सुशासन रु २२ करोड ५ लाख, पूँजी निर्माण रु छ करोड १० लाख र  विविध शीर्षकमा रु ६६ करोड विनियोजन गरेको छ ।  

आगामी आवमा सामाजिक साझेदारी कार्यक्रमतर्फ रु एक अर्ब २७ करोड ५२ लाख चार हजार बजेट रहेको छ । यस आवको आयतर्फको आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ६५ करोड ६१ लाख आठ हजार र आन्तरिक आयमा रु एक अर्ब ६५ करोड पाँच लाख विनियोजन गर्नुका साथै यस आवको बचत रकम रु ६० करोड रहेको छ । 

महानरपालिकाको आगामी वर्षको बजेटमा नै व्ययतर्फ बजेट शीर्षकमा आन्तरिक स्रोत परिचालनमा रु दुई अर्ब ७५ करोड ३० लाख, पूर्वाधार विकासमा रु एक अर्ब ४९ करोड ९५ लाख रहनुका साथै क्रमागत योजनामा रु ५० करोड ५८ लाख आठ  हजार बजेट छ । महानगरले सन् २०३० सम्म गरीबी उन्मूलन गर्ने उद्देश्य बोकेको प्रमुख महर्जनले बताउनुभयो । 

महानगरले रोजगारीमुखी समावेशी विकास, संस्कृति सम्पदा संरक्षण र पुनर्निर्माणलाई बजेटमा प्राथमिकता दिएको छ । त्यस्तै, अपाङ्गमैत्री पूर्वाधार निर्माण, स्वास्थ्य क्षेत्रमा सर्वसाधारणको पहुँच, विषादीरहित करेसाबारी र कौसीखेती प्रवद्र्धन तथा कृषिमा आधुनिकरण र एकघर एक उद्यमको अवधारण विकास गर्ने महानगरपालिकाको लक्ष्य रहेको उहाँले बताउनुभयो । 

जनचाहनाअनुसार विकासमा लाग्नुपर्ने: मन्त्री पण्डित

सङ्घीय मामिला तथा स्थानीय विकासमन्त्री लालबाबु पण्डितले महानरपालिकाले जनचाहनाअनुसार विकासमा लाग्नुपर्ने आवश्यकता औँल्याउनुभएको छ । विकास निर्माणको प्रतिफल आउने गरेर स्थानीय तहले काम गर्नुपर्ने उहाँको भनाइ छ । 

जनताले ‘जनप्रतिनिधिले गरेको काम ठीक छ’ भन्ने गरेर काममा लाग्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “सिंहदरबारको अधिकार पूर्ण रुपमा पठाएको होइन”, उहाँले भन्नुभयो, “नेपाल सरकारले इट्टा मात्रै पठाएको हो, घर तपाई आफैँले बनाउने हो ।”

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य गौरीघाट पुलमा सवारीसाधन रोक्न सिँढी निर्माण निर्वाचन आयोगका पदाधिकारीसहितको सर्वपक्षीय बैठक बालुवाटारमा सुरु सभापति देउवा र अध्यक्ष ओलीबीच भेटवार्ता एमालेको महाधिवेशनलाई एकताको महाधिवेशन बनाउनुपर्छ: उपाध्यक्ष थापा भेदभावमुक्त समाज निर्माणका लागि निरन्तर लागिरहनुपर्छः प्रधानमन्त्री कार्की भारतलाई इन्धन आपूर्ति जारी राख्ने पुटिनको आश्वासन एनपिएलः जनकपुर टस जितेर ब्याटिङमा प्रधानमन्त्री कार्कीसँग राजदूत तोरुको शिष्टाचार भेट एनपिएलः ‘प्लेअफ’को सम्भावनामा चार टिम, आजको खेल कति महत्वपूर्ण ? इन्डिगो उडान रद्द हुँदा भारतीय विमानस्थलमा अव्यवस्था अमेरिकी व्यापार दबाबपछि भारतले ब्याज दर घटायो