2026-09-08 03:32 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

ललितपुरको वाग्मती नगरपालिकाको बजेट रु ४१ करोड

असार १०, ललितपुर (रासस) | आर्थिक वर्ष २०७६/०७७ का लागि वाग्मती गाउँपालिकाका अध्यक्ष वीरबहादुर लोप्चनले गाउँको योजना तथा कार्यक्रमसहित रू ४१ करोड २ लाख ३८ हजारको बजेट प्रस्तुत गर्नुभएको छ । 

पाँचौँ गाउँसभामा उपाध्यक्ष रञ्जना धिमिरेले सङ्घीय र प्रदेश सरकार तथा आन्तरिक स्रोतबाट जम्मा हुने अनुमानित रु ४१ करोड २ लाख ३८ हजार बजेट प्रस्तुत गर्नुभएको थियो । यसमा अनुमानित पूँजीगत खर्चतर्फ रु ३५ करोड २४ लाख २८ हजार र अनुमानित चालू खर्चतर्फ रु पाँच करोड ७८ लाख रहेको छ । 

जसअनुसार सङ्घीय सरकारको वित्तीय अनुदानबाट रु सात करोड ६ लाख, सङ्घीय सरकारको राजश्व बाँडफाँटबाट रु पाँच करोड १३ लाख, प्रदेश सरकारको राजश्व बाँडफाँटबाट रु एक करोड ४४ लाख, प्रदेश वित्तीय समानिकरणबाट रु ८९ लाख प्राप्त हुने बताइएको छ । त्यसैगरी रजिष्ट्रेशन दस्तुरबाट रु ५० लाख, आन्तरिक स्रोत ढुङ्गा, गिटीलगायत बालुवाबाट रु दुई  करोड २६ लाख, जिल्ला समन्वय समितिबाट प्राप्त हुने मौज्दात कोषको रकम रु चार करोड अनुमान गरिएको छ । 

त्यस्तै सङ्घीय र प्रदेश सरकारबाट सर्शत प्राप्तहुने रु १८ करोड १५ लाख ३८ हजार तथा आर्थिक वर्ष २०७५/७६ को बाँकी हुन आउने रकम रु ८९ लाख यस आर्थिक वर्षमा जम्मा हुने प्रक्षेपण गरिएको छ । अघिल्लो वर्ष बजेट प्रस्तुत गर्दा गाउँपालिकाले कृषि क्षेत्रलाई प्राथमिकतामा राखेको भएता पनि अहिले कृषि र पर्यटन दुवैलाई प्राथमिकतामा राखी बजेट प्रस्तुत गरेको छ ।

गाउँपालिकाले अघिल्लो वर्षको कार्यक्रमअन्तर्गत जनतासँग अध्यक्ष कार्यक्रमलाई प्राथमिकतामा राखेको छ । यसैगरी गाउँपालिकाले स्थानीयस्तरमा विकास निर्माण, कृषि, शिक्षालगायतको क्षेत्रमा कलम चलाउने स्थानीय पत्रकारलाई सम्मान गर्ने कार्यक्रम अघि बढाएको छ । 

गाउँपालिकाले उपाध्यक्ष महिला सशक्तीकरण, एकल पुरुष भत्ता, जनजाति उत्थान कार्यक्रमलाई प्राथमिकता दिएको छ । यसवर्ष जग्गा खरिद गरेको गाउँपालिकाले आगामी वर्षमा भवन निर्माणलाई बजेट छुट्टाएको छ । पर्यटन विकास कार्यक्रमअन्तर्गत राडर क्षेत्रलाई विशेष प्राथमिकतामा राखी काम अघि बढाउन र गाउँपालिकाले माझखण्ड रुद्रेश्वर महादेव मन्दिर निर्माण गर्न बजेटलाई प्राथमिकतामा राखेको छ । 

विद्यालय शैक्षिक तथा भौतिक सुधारका लागि विद्यालय सुधार कार्यक्रम अघि सारेको छ । खेलकूद विकास कार्यक्रमअन्तर्गत गाउँपालिकाले अध्यक्ष–कप खेलकूद प्रतियोगिता गर्नुका साथै गाउँपालिकाले बाँकी रहेका सडक निर्माण र स्तरोन्नति गर्न पनि बजेट विनियोजन गरेको छ । वाग्मती गाउँपालिकालाई कृषि र पर्यटनको हिसाबले चिनाउने उद्देश्यका साथ यस क्षेत्रलाई प्राथमिकतामा राखी बजेट ल्याइएको सो गाउँ पालिकाका प्रमुख वीरबहादुर लोप्चनले जानकारी दिनुभयो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ