२०८२, १० फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

दाङ्ग - DNG

दाङ : चट्याङ्बाट मृत्यु भएका बालकका परिवारलाई किरियाखर्च

२०७६, ११ असार बुधबार १४:०८

असार ११, लमही । चट्याङबाट मृत्यु भएका दाङको राप्ती गाउँपालिका–३ का तीनजना बालकका परिवारलाई किरियाखर्च उपलब्ध गराइएको छ । जिल्ला प्रशासन कार्यालयले रु एक÷एक लाख र राप्ती गाउँपालिकाले रु १५/१५ हजार उपलब्ध गराएको हो ।

गाउँपालिका तथा जिल्ला प्रशासन कार्यालयको दैवी प्रकोपमा मृत्यु भएका परिवारलाई तत्काल राहत दिने शीर्षक अन्तर्गत किरियाखर्च उपलब्ध गराइएको हो । यो घटनाले गाउँपालिका नै शोकमा डुबेको भन्दै बालकका परिवारलाई  किरियाखर्चका लागि सहयोग गरिएको गाउँपालिकाका अध्यक्ष नुमानन्द सुवेदीले बताउनुभयो । 

उक्त रकमले किरियाखर्च तथा बालकहरुको नाममा सम्झनायोग्यकार्य गर्नसमेत परिवारलाई उहाँले अनुरोध गर्नुभयो । साथै गाउँपालिकाले चट्याङमा परी घाइते भएका अविनाश चौधरीको उपचारका लागि समेत रु १० हजार रकम उपलब्ध गराएको छ । गाउँपालिका अध्यक्ष सुवेदीसहित, उपाध्यक्ष जगदम्वाकुमारी चौधरी, जिल्ला प्रशासन कार्यालयका प्रशासकीय अधिकृत जनकप्रसाद भण्डारीले संयुक्त रुपमा उक्त रकम हस्तान्तरण गर्नुभएको हो । 

मङ्गलबार साँझ साढे ६ः०० बजेतिर परेको चट्याङले ११ वर्षीय रमित चौधरी, ११ वर्षकै विनाश चौधरी र १३ वर्षीय सजन चौधरीको मृत्यु भएको थियो । राप्ती–४ स्थित मौरीघाट मावि नजिक रहेको जामुनाको रुखमा चढेका बेला सोही रुखमा परेको चट्याङ्ले तीनै जना बालकको घटनास्थलमै मृत्यु भएको हो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
बसको ठक्करबाट ९५ वर्षीया बृद्धाको मृत्यु बनेपामा टिपरमा आगजनी र सुरक्षाकर्मीमाथि ढुंगामुढा गर्ने १३ जना पक्राउ एमालेको झण्डा जलाउनेहरू आधिकारिक कार्यकर्ता हाेइनन्: रास्वपा वैदेशिक व्यापारका सात महिना : ९ खर्ब ५० अर्ब घाटा फागुन २१ पछि पहिलो पार्टी बन्ने एमालेको दाबी देश लुट्नेहरूलाई भाग्न पर्ने ठाउँमा पुर्‍याउने काम गर्‍यौँ: रवि लामिछाने सेना परिचालन हुँदा पनि शाान्त हुन सकेन रौतहटको गौर यात्रुबाहक बस विद्युतको पोलमा ठोक्किँदा ९ जना घाइते खैरो हेरोइनसहित युवक पक्राउ युवाका लागि स्वदेशमै अवसर सिर्जना गर्न आवश्यक : प्रधानमन्त्री एमालेको झण्डा जलाइएको हो भने दोषीलाई कारवाही हुन्छः निर्वाचन आयोग दुर्गा प्रसाईंलाई अदालतमा उपस्थित गराउन सर्वोच्चको आदेश प्रधानमन्त्री कार्कीद्वारा मुक्तिनाथको दर्शन रास्वपाको भैरहवा र पोखराको चुनावी सभा स्थगित बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा एकजना पक्राउ स्रोत नखुलेको नगदसहित एकजना पक्राउ दुई समुदायबिच झडप, अवस्था तनावग्रस्त निर्वाचनकानिम्ति आवश्यक स्रोतसाधनको कमी हुँदैन : अर्थमन्त्री खनाल शुक्रबार सुनको मूल्य स्थिर सिकारुलाई देश जिम्मा दिनुहुँदैन, राज्य सञ्चालन खेल होइन: विश्वप्रकाश शर्मा