2026-09-18 09:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

नुवाकोट - NWK

नुवाकोट साहित्य प्रतिष्ठानद्वारा एसइईमा उत्कृष्ट अङ्क ल्याउने तिन जना र चार स्रष्टा सम्मानित

असार १४, नुवाकोट । नुवाकोट साहित्य प्रतिष्ठानले आज चार जना स्रष्टालाई सम्मान गरेको छ । प्रतिष्ठानको १२औँ स्थापना दिवसका अवसरमा नेपाली भाषा साहित्यको क्षेत्रमा योगदान पु¥याएबापत साहित्यका विविध क्षेत्रका स्रष्टालाई सम्मान गरिएको हो । प्रतिष्ठानले चार स्रस्टासहित आठ जनालाई सम्मान तथा पुरस्कार प्रदान गरेको हो ।

महामण्डल साहित्य सम्मानबाट डा नवराज लम्साल, कमलादेवी तथा जगनिधि गजुरेल स्मृति साहित्य सम्मानबाट जीवनाथ धमला, महामण्डल युवा साहित्य सम्मानबाट बीना थिङ र नरेन्द्रनाथ वाङ्मय काव्य सम्मानबाट प्रह्लाद पोखरेल सम्मानित हुनु भएको छ । 

यस्तै नरेन्द्रनाथ निधि वाङ्मय प्रतिष्ठानद्वारा नेपाली विषयमा स्नातकोत्तर तहमा प्रथम स्थान हासिल गरेकी सुभद्रा पौडेललाई नगद रु २५ हजारसहित पुस्कार प्रदान गरिएको छ । कार्यक्रममा वरिष्ठ पत्रकार पुरुषोत्तम दाहालले सम्मान तथा पुरस्कार प्रदान गर्नुभएको थियो ।  

नुवाकोटबाट एसइई परीक्षामा सर्वोत्कृष्ट अङ्क ल्याउने एक्कल रिमाल, रश्मी पनेरु र निशा गजुरेललाई प्रतिष्ठानले जनही नगद रु पाँच÷पाँच हजार पुरस्कारसहित सम्मान गरेको हो ।  प्रतिष्ठानले १६ वर्षदेखि नियमितरुपमा नुवाकोटको विदुरमा साहित्य कार्यक्रम गरेर स्रष्टा सम्मान तथा पुरस्कार गर्दै आइरहेको अध्यक्ष रामकृष्ण गजुरेलले बताउनुभयो । 

प्रतिष्ठानले हालसम्म विविध क्षेत्रका ७० जना स्रस्टालाई सम्मान तथा पुरस्कृत गरिसकेको प्रतिष्ठानका संस्थापक अध्यक्ष तथा सल्लाहकार श्रीराम श्रेष्ठले जानकारी दिनुभयो । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो हुण्डी कारोबारमा संलग्न भएको आरोपमा दुई जना पक्राउ १५औँ महाधिवेशन नेतृत्व चयन मात्र होइन, आदर्श पुनःस्थापित गर्ने अवसर हो : गगन थापा मन्त्रिपरिषद्को बैठक बस्दै हामी १५औँ महाधिवेशनका लागि अगाडि बढिसक्यौँ : प्रकाशमान सिंह जिउँदो कुकुरलाई सेती नदीमा फाल्ने महिला पक्राउ सुनचाँदीको मूल्य बढ्यो भोटेकोशी बाढीमा मृतकको संख्या १,४१० पुग्यो, ५,१४५ बेपत्ता ९ लाख रुपैयाँ घुससहित नापी अधिकृत पक्राउ एलपी ग्यास प्रतिसिलिण्डर रु दुई हजार ६० मा बिक्री गर्न आग्रह गगन थापाको अपिल: एकताबद्ध भएर १५औँ महाधिवेशनमा सहभागी बनौँ नेप्से परिसूचक ११.९३ अंकले बढ्यो नेपालको राजनीतिक भविष्यको निर्णय गर्ने अधिकार केवल नेपाली जनतामा मात्र छ : आरेन राई